दक्षिण कोरियाले देखाएको छ– कडा लकडाउन नगरी, अर्थतन्त्र ठप्प नपारी, लाखौँ मानिसलाई कष्टको भारी नबोकाई पनि कोरोना भाइरसको महामारी रोक्न सकिन्छ।महामारी रोक्न दक्षिण कोरियाले खास गरी तीन मन्त्र पालना गरेको

छ– परीक्षण, खोजी र नियन्त्रण। कोरोना भाइरसको महामारीले विश्वभरका सरकारका कमजोरी छताछुल्ल पारिदियो। महामारीमा ज्यान गुमाएकाहरूको संख्याले त्यो मुलुकको सार्वजनिक सेवाको स्तर, राज्यको प्रभावकारिता, नेताको समझदारीको परिचय पनि दियो। यस्ता मापदण्डलाई हेर्दा एउटा देश भने सबैभन्दाअलग देखिन सफल भएको छ– दक्षिण कोरिया।दक्षिण कोरियाले देखाएको छ– कडा लकडाउन नगरी, अर्थतन्त्र ठप्प नपारी, लाखौँ मानिसलाई कष्टको भारी नबोकाई पनि कोरोना भाइरसको महामारी रोक्न सकिन्छ। अप्रिल १५ मा दक्षिण कोरियामा निर्वाचन भयो। दशौँ लाख मानिस मतदान केन्द्रबाहिर धैर्यपूर्वक लाइन लागेर उभिए। लामो लाइनमा धेरैबेर उभिनुपर्दा मास्कभित्रबाट उनीहरूले निराशाका कुनै शब्द उच्चारण गरेको भए पनि त्यो अघिपछि उभिएका मानिसले सुन्न सक्ने थिएनन्। किनभने, उनीहरूलाई निश्चित दूरीमा उभ्याइएको थियो।

बुथमा पस्नुअघि उनीहरूलाई डिस्पोजेबल ग्लोब्स फाल्न लगाइयो र हात धुन लगाइयो। मतदान गर्दैगर्दा कतिपयले रात्रिभोजमा वा गल्फ खेल्न अथवा किनमेल गर्न जाने योजना बनाए होलान्।केही साताअघिसम्म मात्र आम चुनावमा मतदान गर्ने त कुरै छोडौँ, रात्रिभोजको योजना बनाउन पनि असम्भव देखिन्थ्यो। अहिले युरोप र अमेरिकामा कोरोना भाइरसको जस्तो महामारी छ, केही साताअघि दक्षिण कोरियामा पनि त्यस्तै हुने भय थियो।अन्यत्रका राजनीतिक नेतृत्वलाई भाइरस कति खतरनाक छ भन्ने मनन गर्नै समय लाग्यो। जतिबेला दक्षिण कोरियामा संक्रमण दर उच्च थियो, त्यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भाइरसले अमेरिकालाई हराउन नसक्ने गफ लगाउँदै थिए। बेलायती नेताहरू भाइरसले गम्भीर समस्या निम्त्याउन सक्छ भन्नेमा विश्वास गर्नै सकिरहेका थिएनन्।

तर, अहिले अवस्था ठीक उल्टो छ। महामारीले अत्तालिएका मुलुकहरू यतिबेला दक्षिण कोरियाको उदाहरण हेरेर आफ्नो मुलुकको अवस्था सुधार्न प्रयासरत छन्।जनवरी २० मा दक्षिण कोरियामा पहिलो कोरोना संक्रमण देखियो। सुरुमा संक्रमितको संख्या धीमा गतिमा बढ्यो। तर, एक महिनापछि त्यस्तो अवस्था रहेन। २९ फेब्रुअरीमा मात्र ९ सय ९ जना संक्रमित भएका थिए। यो एकै दिनमा फेला परेको संक्रमितको सबैभन्दा ठूलो संख्या थियो।त्यो निकै निराशाजनक अवस्था थियो। तर, दक्षिण कोरियामा केही असाधारण घटना भयो, जसले गर्दा बिस्तारै संक्रमितको संख्या कम हुन थाल्यो। मार्चको अन्त्यसम्म आइपुग्दा दैनिक संक्रमितको संख्या दर्जनमा गणना हुन थाल्यो। अझ केही सातापछि त यो संख्या एक अंकले मात्र वृद्धि हुन थाल्यो। यो मुलुक संक्रमण दरलाई रोक्न सफल भएको थियो।

गत बुधबार दक्षिण कोरियामा कोभिड–१९ का ११ नयाँ बिरामी फेला परे। पछिल्लो आठ दिनमा नयाँ संक्रमितको संख्या १० जनाको हाराहारीमै देखिन्छ। हालसम्म संक्रमितको जम्मा संख्या १० हजार ७ सय २८ पुगेको छ। त्यसमध्ये ८० प्रतिशत अर्थात् ८ हजार ७ सय १७ जना निको भएर क्वारेन्टिनमुक्त भइसकेका छन्। हालसम्म २ सय ४३ जनाको ज्यान गएको छ। मृत्युदर २.२३ प्रतिशत मात्र देखिन्छ। कोरोना भाइरसको महामारी रोक्न दक्षिण कोरियाले खासगरी तीन मन्त्र पालना गरेको छ– परीक्षण, खोजी र नियन्त्रण (टेस्ट, ट्रेस एन्ड कन्टेन)।

बेलायत, इटाली र फ्रान्समा जस्तो किसिमको लकडाउन गरियो, दक्षिण कोरियाले त्यस्तो कदम उठाउनु परेन। अन्यत्र आम मानिस पनि आत्तिए। बजार रित्तो हुनेगरी किनमेल गरेर घरमा सामान थुपारे। लुटपाटको भयका कारण बन्दुक किन्नेहरू बढे। तर, दक्षिण कोरियामा सामान्यतः यो स्थिति देखिएन। हो, मानिसको लाइन दक्षिण कोरियामा पनि देखियो। तर, त्यो लाइन या त परीक्षण गराउन, या मास्क किन्न या मतदान गर्न थियो।

विश्व स्वास्थ्य संगठनले जतिसक्दो धेरै परीक्षणका लागि सिफारिस गर्नुभन्दा अघि नै दक्षिण कोरियाले यसलाई व्यवहारमा उतारिसकेको थियो। त्यतिबेला दैनिक १२ हजारदेखि २० हजारसम्म मानिसको परीक्षण गर्न थालिसकेको थियो।बिनाकुनै शुल्क १० मिनेटभित्र परीक्षणको व्यवस्था गरिएको छ, जसको नतिजा मानिसहरूले २४ घण्टाभित्र आफ्नै मोबाइलमा प्राप्त गर्न सक्छन्। मार्चको मध्यसम्ममा दक्षिण कोरियामा २ लाख ७० हजार जनाले परीक्षण गराइसकेका थिए।

मोबाइल प्रविधिको प्रयोग
परीक्षणका साथै दक्षिण कोरियाले भाइरसविरुद्ध मोबाइल प्रविधि पनि प्रयोग ग¥यो। यो स्वाभाविक पनि थियो। किनभने, दूरसञ्चारको क्षेत्रमा सबैभन्दा विकसित मुलुक मानिन्छ, दक्षिण कोरिया। कोरोना पोजिटिभ देखिएका मानिससँग आफ्नो पछिल्लो गतिविधिका सम्पूर्ण विवरण मागियो।सम्भावित संक्रमितलाई जीपीएस ट्र्याकिङ, सर्भिलेन्स क्यामरा र क्रेडिट कार्ड कारोबारका आधारमा पनि निगरानी गरियो,जसले गर्दा कोरिया सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले तत्कालै संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसहरूलाई सावधान गराउन सक्यो।

यो प्रणालीले व्यक्तिगत गोपनीयता भंग गर्ने चासो पनि व्यक्त गरियो। किनभने, त्यस्तो सूचनामा हरेक संक्रमितको उमेर, लिंग र उनीहरू पुगेका स्थानहरूको नाम सार्वजनिक हुन्छ। तथापि, दक्षिण कोरियामा यसले राम्रै नतिजा दिएको छ। त्यस्तै, आइसोलसेनमा राख्ने र उपचार गर्ने व्यवस्था पनि दक्षिण कोरियामा उत्कृष्ट देखियो।दशौँ लाख मानिसलाई कुनै जबर्जस्ती नगरी सरकारले बानी परिवर्तन गर्न सहमत बनायो। मानिसहरू भौतिक दूरी राख्न र कम्पनीहरू कर्मचारीलाई घरबाटै काम गराउन तयार भए।

दक्षिण कोरियाले यसअघि भाइरसविरुद्ध कदम चाल्न ढिलाइ गर्दा चर्को मूल्य तिरिसकेको थियो। सन् २०१५ मा मार्सका कारण दक्षिण कोरियामा ३६ जनाको ज्यान गएको थियो। त्यस्तो गल्तीबाट सिकेको दक्षिण कोरियाले अहिले कोरोना भाइरस डिप्लोमेसीमा पनि राम्रो प्रदर्शन गरिरहेको छ।राष्ट्रपति मुन जे इनले अन्य मुलुकलाई टेस्ट किटलगायत सामग्री पठाए।भाइरस नियन्त्रणका विधिबारे छलफल गरे। सरकारले कोरोना भाइरस महामारीलाई रोक्न जुन किसिमको कदम चाल्यो, त्यसलाई आम नागरिकले पनि अनुमोदन गरेका छन्। त्यसैले नै निर्वाचनमा सत्तारूढ दलले सहज जीत हात पारेको छ।

जस सार्वजनिक सेवा प्रणालीलाई
कोभिड–१९ विरुद्ध दक्षिण कोरियाले हात पारेको यो सफलताको कारक उसको प्रभावकारी सार्वजनिक सेवा प्रणालीलाई दिइएको छ।सार्वजनिक सेवाका आधारभूत पूर्वाधारबिना परीक्षण, अनुसन्धान र उपचारको नीति सफल हुने थिएन।त्यहाँ सार्वजनिक सेवाको क्षेत्र उत्कृष्ट छ।सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल इन्चन सार्वजनिक रूपमा सञ्चालन गरिएको छ। र, यो विश्वकै उत्कृष्ट विमानस्थलको सूचीमा निरन्तर पर्दै आएको छ। त्यसैगरी, राजधानी सोलको मेट्रो सेवा सस्तो र सुविधायुक्त भनेर विश्वप्रसिद्ध छ। यो विश्वकै उत्कृष्ट पाँच भूमिगत रेलमार्गमध्ये एक हो।

तर, सबैभन्दा महŒवपूर्ण पक्ष भनेको दक्षिण कोरियाको स्वास्थ्य प्रणाली हो,जसलाई सन् २०१५ मा ओईसीडी मुलुकमै उत्कृष्ट ठह¥याइएको थियो। दक्षिण कोरियामा प्रायः अस्पताल निजी क्षेत्रले सञ्चालन गरेका छन्। तर, ९७ प्रतिशत जनसंख्या भने अनिवार्य राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमभित्र अटाएका छन्। निजी अस्पताल र सार्वजनिक बिमा प्रणालीबीचको यो सन्तुलनले स्वास्थ्य सेवा र महŒवपूर्ण स्रोतमा सबैको पहुँच सम्भव भएको छ।यसको प्रभावकारिता कोरोना भाइरस महामारीको बेला प्रमाणित भएको छ।

दक्षिण कोरियाली नागरिक सन् १९९० देखि नै सार्वजनिक सेवा प्रणालीप्रति अत्यन्त संवेदनशील थिए। उनीहरूले नागरिकको कल्याणका विषयमा राज्यलाई गम्भीर हुन बाध्य बनाउँदै आएका छन्। खासगरी, सार्वजनिक यातायात, ऊर्जा र स्वास्थ्य सेवाका विषयमा यो कुरा स्पष्ट देखिन्छ।जनसाधारणका लागि यी दैनिक उपभोगका सेवा हुन्। यसमा सबै नागरिकको अधिकार छ, किनभने यी करदाताको पैसाबाट सञ्चालित छन्। यी सेवा कस्ता हुन्छन् भन्ने विषयले सरकार नागरिकप्रति कति उत्तरदायी छ भन्नेबारे जानकारी दिन्छ। सेवाको गुणस्तर खस्किनेबित्तिकै सत्ताधारी पार्टीले आगामी चुनावमा मत गुमाउँछ।त्यसैले पछिल्ला दुई दशकमा दक्षिण कोरियाको सार्वजनिक सेवा प्रणालीमा निरन्तर सुधार भइरहेको छ।

लकडाउन कसरी खोल्ने?
विश्वका नेताहरू अहिले महसुस गरिरहेका छन्– लकडाउन घोषणा गर्न सजिलो छ, हटाउन कठिन। किनभने, लकडाउन हट्नेबित्तिकै मानिसको गतिविधिसँगै महामारीको लहर चल्न सक्छ।वास्तवमा लकडाउन तथा प्रतिबन्ध खुकुलो बनाउनेबारे अलग–अलग मुलुकका अनुभव भिन्न–भिन्न छन्। धेरै मुलुकले सुरुमा उत्पादन क्षेत्रलाई क्रियाशील बनाएका छन्। भीडभाड हुने, धेरै संख्यामा मानिस आवतजावत गर्ने क्षेत्रहरूमा ढिला प्रतिबन्ध खुकुलो पार्ने अभ्यास भइरहेका छन्।

लकडाउन घोषणा नगरिएको दक्षिण कोरियामा पनि बिस्तारै जनजीवन सामान्य बन्दै छ। यसै सातादेखि पसल, रेस्टुरेन्ट, बार, जिम, धार्मिक जमघटमाथिको प्रतिबन्ध केही खुकुलो बनाइएको छ। कम जोखिम हुने क्षेत्रहरू राष्ट्रिय निकुञ्ज, जंगल र बगैँचाहरू बिस्तारै खुल्ने भएका छन्। भौतिक दूरी भने कम्तीमा मे महिनाको सुरुवातसम्म कायम रहनेछ। यद्यपि, स्वास्थ्य क्षेत्रका विज्ञहरू अझै भाइरसको दोस्रो लहर आउन सक्ने चिन्तामा छन्।

अर्कातिर, जर्मनीमा आठ सय वर्गमिटरभन्दा कम क्षेत्रफलका पसल, कार डिलरसिप, साइकल र पुस्तक पुसल खुला हुँदैछन्। स्कुल भने मे ४ मा मात्र खुल्नेछन्। स्पेनमा बालबालिका र घरपालुवा जनावरलाई बाहिर जान दिइएको छ। मानिसहरू रोजगारीमा पनि फर्केका छन्। यद्यपि, जनजीवन सामान्य हुन त्यहाँ अझै समय लाग्नेछ।

इटालीमा केही क्षेत्रमा पुस्तक पसल, बालबालिकाको कपडा पसल खुलेका छन्। केही उद्योग खुलेका छन्। न्युजिल्यान्डले पनि लकडाउन खुकुलो बनाएको छ।
(एजेन्सीको सहयोगमा )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News