काठमाडौं । नोबेल मेडिकल कलेज विराटनगरले शुक्रबार पुनः उदयपुरबाट आएको विरामीलाई अप्रेशन थिएटरबाट निकालेको छ ।
बुधबार विहान उदयपुर गाइघाट घर भएकी महिलालाई अप्रेशन थिएटरबाट निकालेर कोशी अस्पताल रेफर गरेको नोबेल मेडिकल कलेजले शुक्रबार

पनि उदयपुर त्रियुगा नगरपालिका ६ घनचक्रेका १६ वर्षीय भीमबहादुर खत्रीलाई रेफर गरेको हो । हो । बिहीबार घास काट्ने क्रममा देब्रेहातको कुहिनो माथिको भाग भाच्चिएका कारण आफन्तले भीमलाई नोबेल मेडिकल कलेज भर्ना गरेका थिए । चिकित्सकले शुक्रबार बिहान शल्यक्रिया गर्ने बताएका थिए । ‘सबै प्रकृया पूरा भएपछि अप्रेशनका लागि ३२ हजार पनि जम्मा गर्यौ ।’ भीमका काका समशेरबहादुर खत्रीले भने ‘अप्रेशन थिएटरमा लगेपछि उदयपुरको भन्दै बाहिर निकालिदिए । शल्यक्रियाका लागि अस्पतालले स्टिल किन्न लगाएको थियो । तर बिहान अप्रेशन नगर्ने भन्दै चिकित्सक बाहिरिएपछि भतिजलाई लिएर समशेर कोशी अस्पताल आएका छन ।

कोशी अस्पतालले आइतबार शल्यक्रियाका लागि आउन भन्दै घर पठाएको छ । ँअप्रेशनका लागि थिएटर भित्र लगेर घर उदयपुर हो भन्दै सोध्नुभयो ।’ भीमले भने ‘हो भनेपछि खै कता फोन गरेर तिम्रो अप्रेशन हुदैन भन्नुभयो ।’बाख्रालाई घास काट्ने क्रममा भीम पाखाबाट लडेका थिए । तर उपचार पाउने आशमा भर्ना भएका उनी हातमा पीडा लिएर बसिरहेका छन् ।नोबेल मेडिकल कलेजले बुधबारमात्र उदयपुर गाइघाट घरभई प्रसूतिका लागि भर्ना भएकी महिला २९ वर्षीया महिला सरस्वती रौनियारलाई कोशी अस्पताल रेफर गरेको थियो । शुक्रबार पुनः उदयपुर घर भएकै विरामीलाई रेफर गरेको हो ।

भीमको नोबेल मेडिकल कलेजका डाक्टर प्रकाश सिटौलाको टोलीले शल्यक्रिया गर्ने तयारी थियो । तर विरामी कोरोनाको इपीसेन्टरबाट आएका कारण कोरोना परीक्षण पछि आउन भनिएको डाक्टर सिटौलाले जिकिर गर्नुभयो ।‘सबैलाई आफ्नो ज्यानको माया हुन्छ ।’ उनले भने, इपीसेन्टरबाट आएका कारण कोरोना परीक्षण गर्नुपर्छ ।’

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उदयपुरकी गर्भवती महिलालाई रेफर गरिएकोमा ध्यानाकर्षण भएको जनाउदै प्रमाणित भए कारवाही गर्ने बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News