रसुवा जिल्लाको गोसाइकुण्ड नजिकै हिउँमा फसेका सिन्धुपाल्चोकको एक मजुदरको १४ दिनपछि सकुशल उद्धार गरिएको छ । लकडाउन पछि हिडेरै घर फर्कदै गरेका बलेफी गाउँपालिका ४ का सुरज लामाको गाउँपालिका अध्यक्ष केदार क्षेत्री र नेकपाका केन्द्रीय सदस्य

माधव सापकोटाको सक्रियतामा उद्धार गरिएको हो । रसुवा जिल्लामा निर्माणधिनी रसुवागडी हाइड्रोपावरमा मजदुरी गर्दे आएका लामा बैशाख ६ गते हिडेरै घर आउँदै थिए । गोसाइकुण्ड हुदै हेलम्बु निस्केर आफ्नो घरमा आउँन लागेका लामा गोसाइकुण्ड नजिकैको तारेभिरमा आएपछि हिउँमा फसेका थिए ।अस्पतालले बैशाख २० गते श्रीमती सुत्केरी हुने समय दिएपछि उनी हाइड्रोपावरमा जानकारी नै नदिइ हिडेको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । हिउँमा फसेका लामालाई नुवाकोटको दुप्चेश्वर नगरपालिका सुर्यकुण्डको फेदीभन्ने स्थानमा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

प्रहरीले बलेफी गाउँपालिकामा जानकारी गराएपछि बिहीबार नै उनलाई उद्धार गर्न जान खोजेपनि मौसम प्रतिकुल भएपछि उद्धारमा जानको लागि कठिनाई भएको उद्धार टोलीमा गएका नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिए ।

शुक्रबार मौसम प्रतिकुल भएपनि मनाङ एयरको हेलिकोप्टेर मार्फत तामाङलाई उद्धार गरेर काठमाडौ ल्याइएको सापकोटाले बताए । उनलाई उपचारको लागि काठमाडौको सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था खतरामुक्त रहेको सापकोटाले बताए ।

एउटा म्याट र सातु बोकेर हिडेका तामाङ हिउँमा फसेपछि म्याटलाई दुइ टुक्रा पारेर त्यही ओड्ने र ओछ्याउने गरेर यतिका दिनसम्म बाँचेको उनको भनाई उधृत गर्दे सापकोटाले बताए । मौसम खराबी भएपछि उनी हिड्ने बाटोमा लगातार हिउँ परेपछि बाटो भुलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News