काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले

जानकारी दिए । ‘उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने । बैठकमा नेताहरुले पार्टी भित्रका पछिल्ला कमिकमजोरीप्रति आत्मआलोचनासमेत गरेका छन् । अर्को सचिवालय बैठक वैशाख २४ गते बस्ने गरी आजको बैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नारायणकाजी श्रेष्ठ

तीन अध्यक्ष बनाउने विषयमा माधव नेपालको असहमति
नेपाल कमयुनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। शनिबार साँझ बालुवाटारमा नेकपाको बैठक बसेको थियो।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीमा तीन अध्यक्ष बनाउने विषयमा माधवकुमार नेपालले असहमति जनाएका छन्। ‘पार्टीमा तीन अध्यक्ष बनाउने विषयमा पनि छलफल भएको थियो’ प्रवक्ता श्रेष्ठले भने ‘तीन अध्यक्ष बनाउने विषयमा माधव कुमार नेपालको असहमति छ।’ त्यस्तै नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय भएको छ।

नेकपा स्थायी कमिटी बैठक वैशाख २५ गते
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक वैशाख २५ गते बस्ने भएको छ । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘पार्टीको एकता, सहमति र समस्या समाधानको निष्कर्ष अनुरुप पार्टीलाई दिशानिर्देशित गर्नेगरी स्थायी कमिटीको बैठक यही वैशाख २५ गते ११ बजे बस्ने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसको तयारीका लागि वैशाख २४ गते सचिवालय बैठक बस्नेछ ।’

बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । ‘उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने । प्रधानमन्त्री ओलीले गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेसँगै यो निर्णय सचिवालय बैठकले गरेकाो हो । बैठकमा नेताहरुले पार्टी भित्रका पछिल्ला कमिकमजोरीप्रति आत्मआलोचनासमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News