वीरगञ्ज । कोरोना भाइरसको संक्रमणपछि निको भएर घर गएका दोस्रो व्यक्ति पनि अस्पताल भर्ना भएका छन् । रौतहटका युवकसँगै वीरगञ्जमा रहेका एक भारतीय जमाती पनि नारायणस् अस्पताल भर्ना भएका हुन् । स्वास्थ्यमा समस्या आएपछि दुवै पुनः अस्पताल भर्ना गरिएको

अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।शरीर दुख्ने, आलस्य हुने जस्ता समस्या देखिएपछि अस्पताल आएका दुवैलाई आइसोलेसनमा राखेर उपचार थालिएको छ । साथै थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षण गर्न पठाइने अस्पतालले जनाएको छ । दुवैलाई अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो ।

राष्ट्रपतिद्वारा वैशाख २६ गते संसद अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् ।

आइतबार सरकारको सिफारिसमा उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् । आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेश गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News