काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस

संक्रमितको संख्या ६० पुगेको छ उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उनी स्वयंले शंका लागेपछि पीसीआर परीक्षण गराईदिन वडा अध्यक्ष बैजुलाल स्वर्णकारलाई आग्रह गरेका थिए । संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको डा. उदय नारायण सिंहले जानकारी दिए ।

थप एक जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालमा संक्रमितको संख्या ६० पुगेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेसँगै संक्रमितको संख्या ६० पुगेको हो ।

आइतबार नारायणी अस्पतालले उक्त व्यक्तिमा कोरोना संक्रमण पुष्टि गरेको हो । शुक्रबार ती व्यक्तिको स्वाब संकलन गरिएको थियो । उनी आफैले शंका लागेपछि पीसीआर परीक्षण गराइदिन आग्रह गरेका थिए ।

हालसम्म नेपालमा १६ जना कोरोना सक्रमितहरु निको भइसकेको छन्, भने बाँकी उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News