काठमाडौं। कोरोना भाइरस महामारीका कारण होटल व्यवसायीहरुले ६ महिनासम्म होटल बन्द गर्ने भएका छन् ।होटल एसोसिएसन अफ नेपाल (हान)को आइतबार (आज) बसेको बैठकले लकडाउन खुलेपछि पनि व्यापार हुने सम्भावना नरहेकाले आगामी असोजसम्म सबै

होटलहरु बन्द गर्ने निर्णय गरेका हो । सबै ठूला व्यवसायीहरुले कम्तीमा ५० प्रतिशतत तलब आफ्नो कमएचारीलाई दिनै पर्ने निर्णय गरेपछि होटल व्यवसायीहरुले होटलनै बन्द गर्ने निर्णयमा पुगेका हुन् । तर, होटलहरु बन्द रहँदा पनि आधारभूत तलवको १२.५ प्रतिशत तलव दिने बताएका छन् । त्यस्तै, १२.५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्यहरुलाई होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको प्रक्रिया सुरु गरेको सूचना दिने र आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गर्ने निर्णय गरिएको पनि जानकारी गराइएको छ ।

विराटनगरमा ३ सय डाक्टरलाई ज्याकेट वितरण
कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिने चिकित्सकहरुलाई नेपाल चिकित्सक संघ कोशी साखाले डाक्टर लेखेको ज्याकेट वितरण गरेको छ ।

आइतवार विराटनगरका विभिन्न अस्पतालमा कार्यरत ३ सय चिकित्सकहरुलाई ज्याकेट वितरण गरिएको नेपाल चिकित्सक संघ कोशी साखाका अध्यक्ष डा.फरर्वाड सिलवलले जानकारी दिनु भयो । सिलवलले कोराना संक्रमितहरुको अग्रपंक्तिमा रहेर उपचारमा खटिने चिकित्सकहरुको मनोवल उच्च बनाउने उद्येश्यले उनीहरुको पहिचान झल्कने ज्याकेट वितरण गरिएको बताउनु भयो ।

नेपाल चिकित्सक संघ र नेपाल औषधि उत्पादक संघ एपोनले तयार गरेको सो ज्याकेट विभिन्न अस्पतालमा पुगेर डाक्टरहरुलाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News