काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले

जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो। भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बतायो।

केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए। नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ। नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन्। जसमा १६ जना उपचारपछि घर फर्किएका छन्।

अभिनेत्री आश्माको लकडाउन : परिवार र सुगासँग समय विताउँदै

‘रंग टाइम’ वेब सिरिजबाट चर्चामा आएकी आश्मा गिरीले ‘ड्रिम गर्ल’ फिल्मबाट नेपाली फिल्म उद्योगमा करियर सुरु गरेकी हुन् ।अभिनेत्री आश्माले दर्जनौं म्युजिक भिडियो र वेब सिरिजहरुमा अभिनय गरिसकेकी छन् । पछिल्लो समय आफ्नै प्रोडक्शनमा वेब सिरिज निर्माणमा व्यस्त रहेकी आश्मा लकडाउनका कारण घरभित्रै सीमित हुनु परेको छ ।

व्यस्तताका कारण घर परिवारसँग समय बिताउन नपाउने आश्माले लकडाउनको समय आफ्नो परिवारसँग बिताइरहेकी छन् ।उनले भनिन्, “यो समय मैले आफ्नो परिवार र आफ्नो सुगासँग खेलेर बिताइरहेकी छु ।”लकडाउनको समयमा उनले कसरत गर्ने, फिल्म हेर्ने, गाना सुन्ने र आफ्नो वेब सिरिजका लागि स्कृप्ट पनि लेख्ने काम गरिरहेकी जानकारी दिएकी छन् ।

उनले भनिन्, “यो लकडाउने आफूले आफैलाई समय दिन सिकाएको छ । यो परिस्थितिमा सबै एक जुट भएर यसको सामना गरेर सकारात्मक सोच राख्नुपर्छ । हिम्मत हार्नुहुन्न । लकडाउनको पूर्ण रुपमा पालना गरेर सबैले आफ्नो ठाउँबाट आफूले सक्ने सहयोग सरकारलाई गर्न पनि उनले आग्रह गरेकी छन् । आफ्नो स्वास्थ्यस्थितिको उच्च ख्याल गर्न र सकेसम्म पोषणयुक्त खाना खान पनि उनले आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News