काठमाडौं। कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक आज बस्दैछ ।कोरोना भाइरसको संक्रमित बढ्दै जाँदा लकडाउन थप गर्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने विषयमा छलफल गर्न बैठक अपराह्न चार बजे बस्ने भएको हो । आजको बैठकमा

प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुनेछ । आजको बैठकमा प्रधानमन्त्रीको समेत धारणा आएपछि बैठकले खाका तय गर्नेछ ।यता, समितिले लकडाउनलाई निरन्तरता नै दिने तयारी गरिसकेको छ ।

समितिले देशभर लकडाउन यथावत नराखेर जोखिम देखिएको र कम जोखिम क्षेत्रको अवस्था हेरेर लकडाउनलाई निरन्तरता दिने खाका तय भइसकेको छ । समितिको हिजोको बैठकमा विज्ञहरूलाई समेत सहभागी गराएर खाका तयार गरिएको हो ।

समितिले कम्तिमा दुई सातासम्म स्वरूप परिवर्तन गरेर लकडाउनलाई जारी राख्ने खाका तयार गरेको हो । यता, भारतसँग सीमा जोडिएका इलाकामा

जोखिम उच्च रहेको निष्कर्ष निकाल्दै सुरक्षा निकायका प्रमुखहरूले पनि त्यहाँ थप कडाइ र लकडाउनलाई निरन्तरता दिनुपर्ने सुझाव दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News