काठमाडौँ — कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा

संचालन गर्ने गरी लकडाउन थप्नु पन्ने सुझाव दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको बताए । ‘लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । केकति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ,’ बैठकपछि सचिव बिडारीले भने ।

‘अल्कोहलले कोरोना मर्दैन’
सबै मिलेर कोरोना नियन्त्रणमा एकजुट हुन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले एकजुट भएर कोरोना नियन्त्रण गर्न आग्रह गरेका हुन्।डा.देवकोटाले लकडाउनको अवस्थामा सबै नागरिकलाई आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिन पनि सुझाएका छन्। कतिपय मानिसले मादक पदार्थ सेवन गरे कोरोना लाग्दैन भन्दै मादक पदार्थ सेवन गरेको भन्दै त्यसो नगर्न अनुरोध गरेका छन्।

‘अल्कोहल सेवनले स्वास्थ्यलाई हानी गर्छ, फाइदा गर्दैन। कोरोनालाई मार्ने त कुरै भएन। न मानिसमा छर्केर यसले नियन्त्रण गर्न सक्छ नत सेवनले’, उनले भने, ‘दुवै हिसाबले अल्कोहलको प्रयोग हानिकारक छ।’

उनले सबै नागरिक लकडाउनको अवस्थामा रहेकाले आ-आफ्नो स्वास्थ्यप्रति हेलचक्रयाइँ गर्न नहुने बताए। घरमा एक्लै बस्दा अल्कोहल सेवन गर्दा थप बानी बस्ने भन्दै डा.देवकोटाले यसको सट्टा शारीरिक तथा मानसिक रुपमा ठीक रहन शारीरिक क्रियाकलाप गर्दा लाभ हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News