मुम्बई : कोरोना संक्रमणबीच आआफ्नो स्थानमा फसेका व्यक्तिलाई समर्पित गर्दै भोजपुरी अभिनेत्री अक्षरा सिंहले नयाँ गीत ‘ऐ चन्दा’ लिएर आएकी छन्। यो गीत अहिले सोसल मिडियामा भाइरल भइरहेको छ। यो विरह गीत अक्षराले आफैं गाएकी हुन्। यसको शब्द

राजकुमार सहनीले लेखेका हुन् भने संगीत अजय सिंह बच्चाले तयार गरेका हुन्। अक्षरा भन्छिन्, ‘मेरो यो गीतले लकडाउनमा बसेकाहरूलाई मनोरञ्जन दिनेछ। यो गीतको सुटिङ धेरै पहिले भएको हो। कोरोनाको कारण यो गीत रिलिज गर्न ढिला भएको हो। तर यो गीत तपाईंहरूलाई पक्कै मन पर्नेछ।

यो नवविवाहितको विरह गीत हो जसको पति ऊ नजिक आउँदैनन्। यो गीत अक्षराको अफिसियल युट्युबमा रिलिज गरिएको हो। अक्षराले कोरोना भाइरससँग लड्न आफ्नो ठाउँबाट जागरण अभियान चलाइरहेकी छन्। उनले बिहार सरकारको मुख्यमन्त्री राहत कोषमा सबैभन्दा पहिले एक लाख रुपैयाँ सहयोग गरेकी थिइन्।

‘आकाशको कालो बादल’

काठमाडौं : गायिका कविता बलामीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘आकाशको कालो बादल’ बोलको गीतमा शब्द तथा संगीत सत्य/स्वरूपको रहेको छ।

सार्वजनिक भिडियो साईराम पिक्चर्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। अमूल कार्कीको संगीत संयोजन रहेको गीतमा मायाप्रेममा धोका पाए पछिको भाव पाउन सकिन्छ। सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा बनेको भिडियोमा लिगेश भट्टराई, श्रेया दुलाल र मेनुका माझीलाई फिचर्ड गरिएको छ। वीरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई अच्युत बजगाईंले सम्पादन गरेका हुन्। लिगेश भट्टराईको कोरियोग्राफी रहेको भिडियो सेलिब्रेटी नेपालले निर्माण गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News