इटहरी । सोमबार राती इटहरीमा भएको घटनाबारे मेयर द्वारिकलाल चौधरीले मुख खोलेका छन् । इटहरी १७ मा रहेको एक घरमा महिलासँग बसेको अवस्थामा राती उनलाई स्थानीयहरुले भेटेको र होहल्ला भएपछि भागेको हल्ला चलेको थियो । सामाजिक सञ्जालमा

मेयरलाई राती रंगेहात भेटिएको भन्ने आशयका स्टाटसहरुको बाढी नै आएको थियो भने धेरैले के भएको हो भन्ने चासोसमेत राखेका थिए । राती नै त्यो स्थानमा प्रहरी पुगेको बताइएको छ । मंगलबार बिहान पनि सुनसरी प्रहरीका डिएसपी विनोद शर्माको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेर जानकारी लिएको थियो । सामाजिक सञ्जालमा व्यापक टिप्पणी हुन थालेपछि उनले नभएको हल्ला चलाइएको प्रष्टिकरण दिएका छन् । जग्गाको कारोबारको सिलसिलामा आफूहरु त्यहाँ पुगेको र ५–६ जनाको समुहमा बसेर चिसो खाएर फर्किएको बताए ।

उनले यसो भनेका छन्, ‘खोलामा पुल हाल्ने सिलसिलामा र जग्गा बेच्ने सिलसिलामा छलफल गर्न हामी समुहमा त्यता गएका थियौं । ती बहिनीको घरमा ५–६ बजेको समयमा पुगेर शिवप्रसाद भाई, दुःखीलाल चौधरी र एक जना मुसहरर्नी दिदि भएर चिसो खायौं । जुन घरमा बस्यौं, त्यो घरको बहिनीसँग चिनजान भएको अस्ती मात्र हो । केही बेर बसेपछि ती बहिनीले ढिलो नबसिदिनु, घरमा पुरुष हुनुहुन्न, समाजले अन्यथा लिन्छ भनेर आग्रह गरेपछि हामी ६ः३० बजेतिर निस्क्यौं । घर फर्केर खाना खाएर निदाइसक्या थेँ । १७ नं. वडा सदस्य जीवन राईको फोन आयो ।

कहाँ हुनुहुन्छ भनेर सोध्यो । घरमै छु भनेँ । बाहिर हुनुहुन्छ भने पु¥याइदिन्छु भने । मैले हैन, म घरमै छु भनेँ । त्योभन्दा अघि पकलीको इन्सपेक्टरले पनि फोन गर्नुभाको रहेछ । पछि जीवन राई घरमै आइपुग्नुभो १० मिनेटमा । त्यसपछि मैले फेसबुक हेर्न थालेँ । निकै ठूलो होहल्ला भइसकेको रहेछ । हल्ला फैलिएजस्तो केही भएको छैन । यो देश हल्लै हल्लाको देश हो । जसले नचाहिने हल्ला फैलाउनुभयो, वहाँहरुलाई धन्यवाद छ । घटनाले मलाई सजग गराएको छ । पार्टीभित्रकै केही मानिसहरु मेरो विरुद्ध लागेका छन् ।

म कुनै गुटमा छैन त्यसैले आफ्नो गुटमा आएन भन्ने पार्टी भित्रकै असन्तुष्ट नेता कार्यकर्ताहरुले मलाई खेदो गरिरहेका छन् । कसैको घरमा मेयर गयो भन्दैमा आकाशै खस्यो भनेर कोकोहोलो मच्चाउनुको अर्थ छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News