उदयपुर : बिहीबार साँझ वर्षासँगै आएको हावाहुरीले उदयपुरमा लाखौँको क्षति पुगेको छ । झण्डै आधा घण्टासम्म चलेको हावाहुरीले व्यक्तिका घर, गोठ, पशुचौपाय, अन्नवालीमा क्षति पुगेको हो। हावाहुरीका कारण कटारी नगरपालिका–६ धप्पडका गुमानसिंह खड्काको

टिनको छानो भएको दुई तले घरको गार्हो भत्काउँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर बुढामगरले जानकारी दिए। त्यसैगरी चौदण्डीगढी नगरपालिका–४ बसाहाका गणेशबहादुर घिमिरेको घरनजिकको सिमलको रुख भाँचिदा गोठमा रहेको १ गाई मरेको उनले बताए । रुखले किच्दा सँगै रहेको गाई घाइते भएको छ । प्रहरीको प्रारम्भिक तथ्यांकअनुसार घिमिरेको तीन लाख बराबरको क्षति भएको छ।

टेलिफोन, विद्युत समेत अवरुद्ध हुँदा सबै क्षेत्रको तथ्यांक आइनसकेको उनले बताए। ‘धेरै ठाउँबाट क्षति भएको खबर आएको छ,’

उनले भने, ‘आज बिहानैबाट प्रहरी परिचालन गरी तथ्यांक संकलन गरिँदै छ।’ हावाहुरीले किसानले लगाएको मकै विनाह पारेको छ ।

बारी तथा जंगलका रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएका छन् भने बिजुलीका पोलहरु ढलेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News