मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म ‘गंगुबाई काठियाबाडी’को सुटिङ भारतमा लकडाउनको कारण रोकिएको छ । यो फिल्मका अझै ६० प्रतिशत छायांकन बाँकी थियो । आगामी ११ सेप्टेम्बरमा रिलिज हुने भनिएको यो फिल्मको रिलिज अब

अनिश्चित कालका लागि सरेको यसका निर्देशक सञ्जयलीला भन्सालीले बताएका छन् । यो फिल्मको मुम्बईमा १० कारोडभन्दा महँगो बजेटको सेट लगाइएको थियो । मुम्बईमा वर्षा सुरु भएका कारण अब नियमित यो वर्षाले उक्त सेट बिग्रने तथा ढल्ने सम्भावना बढेको छ । त्यसैले, सो सेटलाई भत्काएर सुरक्षित तुल्याउने तयारीमा आफूहरू जुटेको निर्देशक भन्सालीले बताएका छन् ।

अब यो फिल्मको सुटिङ वर्ष सकिएपछि आगामी अक्टोबरपछि मात्र हुने भएको छ । यो वर्षको मनसुन सुरु हुनुभन्दा अघि नै सबै सेट भत्काएर त्यसलाई सुरक्षित बनाउने काम सुरु भएको पनि भन्सालीको कथन छ । फिल्म गंगुबाई काठियाबाडीको सेट भत्काएर फेरी लगाउँदा आफूलाई करिब १५ करोड रुपैयाँ घाटा हुने निर्माता निर्देशक भन्सालीको कथन छ ।

सुटिङका लागि पूरा एउटा क्षेत्र नै बस्तीको रूपमा सेटमार्फत तयार गरिएको छ । पुरानो समयको बम्बैको कमाठीपुरा तयार गरिएको छ । जहाँ अभिनेत्री आलिया एक संघर्षशील बाईको रूपमा हुन्छिन् । सोही बाईको संघर्षमा यो फिल्म केन्द्रित छ । यो वास्तविक कथामा आधारित फिल्म हो ।

जसमा कमाठीपुरामा एउटा कोठा लिएर आफ्नो गुजारा गर्दै देह व्यापारमा सक्रिय युवतीहरूको हकअधिकारका लागि संघर्ष गर्ने महिलाको भूमिकामा आलिया छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News