जनकपुरधाम : जस्ताको छाना भएको दुई सानो कोठामा ३० जनाको ओढ्ने ओछ्याउने, झुल र खानपिनको सामान जेनतेन राखिएको छ। पानी पर्दा निर्थुक्क भिज्नेगरी चुहिन्छ। घाम लाग्दा सहनै नसक्ने गरी गर्मी हुन्छ। रात पर्ने बित्तिकै लामखुट्टै झुमिन्छन्। नत

व्यवस्थित शौचालय छ, नत इन्टरनेट र सञ्चार सुविधा नै ! तर, यी सबै समस्यालाई झेल्दै सीमा रक्षामा खटिएका छन् सशस्त्र प्रहरीका जवान। महोत्तरीको मनरा सिसवा नगरपालिका-१० को मधवा गाउँमा लकडाउनका बेला बन्द भएको निम्न माध्यमिक विद्यालयको दुई कोठा नै सशस्त्र प्रहरी सीमा सुरक्षा क्याम्प बनेका छन्।नेपाल भारतको सीमाको यो गाउँ भएर भारतीय नेपाल छिर्ने उच्च जोखिम छ। अधिकांश गाउँलेको जग्गा र खेतीपाती दुवै तिर छ। घाँस दाउरा गर्ने बहानामा पनि एक देशबाट अर्को देशमा सर्वसाधारण लुकिछिपी छिर्छन्। तर, सीमामा प्रहरीको आँखा २४ घण्टा भएकै कारण जोखिमको स्तर कम छ। दिनरात सीमामा खट्ने सशस्त्रका जवानको दैनिकी भने कष्टकर छ। ‘हामी यहाँ आउँदा त बासको कुनै व्यवस्था नै थिएन,’ मधवा गाउँको प्रहरी क्याम्पका प्रमुख इन्सपेक्टर गणेश खड्काले भने, ‘पछि यो विद्यालयमा बस्ने बन्दोबस्त गाउँलेले नै मिलाई दिए।’

सीमामा खटिएका सशस्त्र प्रहरी। तस्बिर : मनिका झा

उनका अनुसार पानी पर्यो भने रातभर सुत्न सक्दैनन्। ‘पानी पर्न थालेपछि कुनामा बसेर पानी छुट्ने समय कुर्छौ,’ खड्काले थपे, ‘ हामीले यी जोखिममा काम गर्ने तालिम लिएका छौं। जस्तोसुकै कठिन परिस्थितिमा पनि सीमा सुरक्षा हाम्रो प्रमुख जिम्मेवारी छ।’ कोरोना माहामारी रोकथामका लागि फ्रन्टलाइनमा खटिएका प्रहरीले नत राम्रो मास्क पाएका छन् नत सेनिटाइजर वा अन्य कुनै स्वास्थ्य उपकरण नै। सामान्य मास्क, चस्मा र कामचलाउ पञ्जा लगाएरै खटिएका उनीहरु सक्दो आफ्नो जिम्मेवारी वहन गर्ने प्रयास गर्छन्। लुकेर सीमाबाट नेपाल प्रवेश गर्न खोज्ने ७ जना भारतीयलाई शुक्रबार नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाइएको इन्सपेक्टर खड्काले बताए।

‘भारतीय सुरक्षा अधिकारी पनि सीमामा २४ घण्टा खटिएका हुन्छन्,’ उनले भने, ‘हामीले भारतीय पक्षसँग निरन्तर फोन सम्पर्क गरेर सीमा सुरक्षाका बारे समन्वय गरिराखेका हुन्छौं।’ गाउँलेलाई नेपाली बजारबाट आवश्यक सरसामान, खाद्यान्न र औषधी ल्याउन खासै रोकटोक छैन्। तर, भारतीय बजारबाट वर्षौदेखि किनमेल गर्ने सीमा क्षेत्रका ग्रामिणलाई लकडाउनको बेला पनि भारतबाटै लुकिछिपी सामान ल्याउने प्रयास गर्छन्।

भारतमा तिव्र गतिमा फैलिएको कोरोना संक्रमणले किनमेल गर्न जानेलाई सजिलै सर्न सक्ने जोखिम छ। घरको किराना सामान पनि लुकेर भारतको बजारबाटै किन्ने गाउँलेको गतिवीधिले सुरक्षा जोखिम बढाएको सीमा सुरक्षामा खटिएका प्रहरीहरु बताउँछन्। मधवा गाउँको विद्यालयको दुईटा कोठामा जेनतेन सरसामान अटाएर बनाइएको सशस्त्र प्रहरी क्याम्प। तस्बिर : मनिका झा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News