मुम्बई : कोरोना भाइरसका कारण देश लकडाउनमा छ र सर्वसाधारणदेखि सेलिब्रिटीसम्म घरमा समय बिताइरहेका छन्। यसै क्रममा अभिनेत्री ज्याकलिन फर्नान्डिस सलमान खानको पनवेलस्थित फार्म हाउसमा परिवार तथा साथीभाइसँग समय बिताइरहेकी छन्। ज्याकलिनका

धेरै फोटो र भिडियो सलमानको फार्मबाट आउने गरेका छन्। अहिले ज्याकलिनले सलमानको फार्म हाउसमा आफ्नो दैनिकी समेटेर एउटा सर्ट फिल्म बनाएकी छन्। यसलाई सलमान आफैंले सोसल मिडियामा सेयर गरेका छन्। तीन मिनेट ४८ सेकेन्डको यो भिडियोमा ज्याकलिन घोड सवारी गर्दै, कपडा सुकाउँदै, नरिवलको रूख चढ्दै, किताब पढ्दै गरेको देखिन्छ। उनको भिडियो फ्यानहरूले निकै मन पराएका छन्। सलमानसँग उनको फार्म हाउसमा ज्याकलिन, युलिया वन्तुर, उनका दुई बहिनी अलविरा र अर्पिता खान पति र बच्चासँगै फसेका छन्। एजेन्सी

अभिनेत्री ज्याकलिन फर्नान्डिस

रेखाको ‘मौन’

काठमाडौं : गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘मौन’ को म्युजिक भिडियो बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक गरेकी छन्। हरि लम्सालको संगीत, भूपेन्द्र खड्काको शब्द तथा फणीन्द्र राईको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोलाई नीतिन चन्दले निर्देशन गरेका हुन्।

रूपेश थापाको छायांकन तथा सम्पादन रहेको गीतमा गायिका शाह आफैंले अभिनय गरेकी छन्। कोरोना भाइरसको संक्रमणको समयमा संगीतले थेरापीको काम गर्न सक्ने भन्दै आफूले गीतको भिडियो सार्वजनिक गरेको उनले बताइन्।

प्रेम वियोगको शून्यतालाई प्रस्तुत गरिएको गीतलाई गायिका शाहकै सामाजिक संस्था रेखा शाह फाउन्डेसनले उत्पादन र प्रकाशन गरेको हो। दर्जनौं चर्चित गीतकी गायिका शाहका आधा दर्जन एल्बम प्रकाशित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News