काठमाडौं : नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण (कोभिड-१९) देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब यो सहित कोरोना

संक्रमितको संख्या १९१ पुगेको छ। कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारले जनाएका छन्।स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना जितेर ३१ जना घर फर्किसकेका छन्। बाँकी संक्रमित विभिन्न अस्पतालमा उपचारत छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सम्बन्धित अस्पतालले जनाएका छन्।

५३ संक्रमितमध्ये ३० जना लुकेर आएका
कोरोनाको नयाँ केन्द्र बनेको प्रदेश ५ मा संक्रमितको संख्या ५३ पुगेको छ । यसमध्ये अधिकांश संक्रमित भारतबाट हालै नेपाल प्रवेश गरेका हुन् । सीमामा अलपत्र रहँदासमेत सरकारले उद्धार नगरेपछि उनीहरु लुकेरै नेपाल प्रवेश गरेका थिए । नेपाल आएपछि क्वारेन्टाइनमै बसेका ३० जनामा कोरोना देखिएको हो । प्रदेशका चार जिल्लामा संक्रमितको संख्या ५३ पुगेको ह‍‍ो। रुपन्देहीका ७, कपिलवस्तुका २१, बाँके र बर्दियाका एक–एक जना लुकेर नेपाल छिरेका हुन् । सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

पछिल्लो एक साताको अवधिमा कपिलवस्तुमा मात्रै करिब ९ सय नेपाल प्रवेश गरेको अनुमान छ । तीमध्ये ३ सयको हाराहारीमा मात्रै क्वारेन्टाइनमा बसेका छन् । अन्य कहाँ छन भन्ने अत्तोपत्तो छैन । नभेटिएकाहरुले कोरोना फैलाउने चिन्ता थपिएको छ। कपिलवस्तुका नाका हुँदै रुपन्देही, नवलपरासी र दाङ घर भएकाहरु भित्रिएका छन् । रुपन्देहीका केहीलाई मात्रै क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश ५ मा त्रास छाएको छ । संक्रमित बिरामीमध्ये कपिलवस्तु र रुपन्देहीका बुटवलको कोरोना विशेष अस्पतालमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोद गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News