काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको विमान काठमाडाैँमा अवतरण भएकाे छ । नेपाली सेनाका लागि सहयोगबापत चिनियाँ जनमुक्ति सेनाले स्वास्थ्य सामग्री आफ्नै एयर फाेर्स विमानबाट नेपाल ल्याइदिएकाे हाे । विमान बुधबार विहान चीनको चेङ्दुबाट काठमाडौंका लागि

उडेकाे थियाे । बिहान करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर विमानले ती सामग्री छाेडेकाे हाे ।यसमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले बताए ।

‘यो सामग्री नेपाली सेनाका लागि सहयोगबापत आएका हो,’ ती अधिकारीले भने, ‘कोभिड–१९ विरुद्ध लड्न सेनाले यो सामग्री प्रयोग गर्नेछ ।’

सेनाले कति परिमाणको मेडिकल समाग्री प्राप्त ग¥यो भन्ने खुलाइएको छैन ।

यसअघि चीन सरकारले नेपाल सरकारलाई पनि मेडिकल सामग्री सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News