काठमाडौं : शुक्रबार साँझ थप ९ जनामाका कोरोना पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । शुक्रबार बिहानसमेत ९ जनामाका कोरोना संक्रमण पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टी भएको हो । नया पोजिटिभ देखिएका पर्साका १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर,

त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष; दाङको गढवा- ४, ५ र तुलसीपुर-७ निवासी २३, ३६, ३४ वर्षीय पुरुष छन् । सँगै काठमाडौं, सतुंगल निवासी ७ वर्षीय बालकमा समेत कोरोना पोजिटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ नमुना परीक्षण गरिएको छ।

संक्रमण बढ्ने खतरा देखिएका क्षेत्रमा मन्त्रालयले परीक्षणको दायर बढाउँदै आएको छ। आरडीटी विधिबाट ६३ हजार ८५ जनाको नमुना परीक्षण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News