बुटवल : प्रदेश नम्बर ५ मा एकैदिन ४९ जना कोरोना संक्रमित थपिएका छन् । पहिलो पटक प्रदेशको पहाडि जिल्ला गुल्मीमा समेत कोरोना देखिएको छ । गुल्मीको मदाने गाउँपालिका १ का ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । श्वासप्रश्वासमा समस्या

देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको हो।उनको भैरहवाको प्रयोगशालामा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ देखिएको हो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार उनको स्वाब तीन दिनअघि संकलन गरिएको थियो ।

जेठ १ गते बुटवलमा उपचारका लागि आएका उनी क्रिमसन अस्पतालको आइसीयुमा भर्ना भएको बताइएको छ । उनमा कसरी कोरोना सर्‍यो भन्ने अझै खुलिसकेको छैन् । प्रदेश ५ को बाँकेमा ४७ जना संक्रमित देखिएका छन्।

नरैनापुर क्वारेन्टाइनमा रहेकाहरुमा पनि संक्रमण देखिएको छ। उनीहरु सबै भारतबाट आएको बताइएको छ । व्यक्तिको पहिचान र ट्रेसिङको काम थालिएको छ ।

दाङमा समेत एक जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै दाङमा संक्रमितको संख्या ४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News