काठमाडौं : नेपालमा थप १८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार सोमबार साँझ थप १८ जना नयाँ संक्रमित थपिएका हुन्। धनुषाका २ पुरुष, खोटाङ हलेसीका एक पुरुष, बाँके नरैनापुरका १२ पुरुष,

दैलेख आठबिस-१ का एक पुरुष, सुनसरीका एक पुरुष, झापाका एक पुरुष रहेको अधिकारीले बताए। योसँगै कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ। सोमबार मात्रै ७४ जना नयाँ संक्रमित थपिएका छन्। २४ घण्टाको अन्तरालमा प्रति घण्टा तीन जनामा कोरोना संक्रमण फैलिएको छ।सोमबार बिहान र दिउँसो गरी बाँकेमा ४७ जना, रौतहटका ८, बाराका १ जना, मोरङमा १, गुल्मीमा १, धनुषामा १, धादिङमा १, रौतहट १ र दाङमा १ जना कोरोना संक्रमित भएका थिए। संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा र बाँकेमा गरी दुई जनाको मृत्यु भएको छ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठविसकोट नगरपालिका–१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा पुन: परीक्षण गरिएको थियो ।

त्यस्तै बाँकेको नरैनापुरमा सोमबार राति थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार दिउँसो १ महिलासहित ४७ जनामा संक्रमण पुष्‍टि भएको थियो । आइतबार क्‍वारेन्टाइनमा मृत्यु भएका युवक पनि नरैनापुरकै हुन् ।त्यस्तै खोटाङमा पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । उनी हलेसी नगरपालिकाका निवासी पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसहित सोमबार रातिसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गुल्मीका एक संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News