इटहरी / इटहरी उपमहानगरपालिका क्षेत्र ५ दिन बन्द गर्ने निर्णय भएकाे छ । वडा नम्बर २ मा १८ बर्षीय एक युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र बन्द गर्ने निर्णय गरेको हाे ।

उपमेयर लक्ष्मि गौतका अनुसार औषधी पसल बाहेक अरु सबै पसलहरु पूर्ण रुपमा बन्द गरिने छ । इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारी सहितको विपद् व्यवस्थापन समितिको आकस्मिक बैंठक राखेर उपमहानगरपालिका ५ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको उनले बताइन् ।

सुनसरी स्थित सशस्त्र प्रहरीमा संक्रमण भेटिएपछि पोष्टका सबैको स्वाब परीक्षण गरिदै
सुनसरीमा एक सशस्त्र प्रहरीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनी कार्यरत पोष्टका अन्य सबैको स्वाब परीक्षण थालिएको छ । बराहक्षेत्र नगरपालिकाको ११ नम्बर वडामा रहेको सशस्त्र प्रहरी पोष्टमा कार्यरत सुरक्षाकर्मी कोरोना संक्रमित भेटिएसँगै त्यहाँ रहेका अन्य १५ जनाको स्वाब संकलन थालिएको छ । संक्रमित पाइएका सशस्त्र प्रहरी रहेको पोष्ट कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र पर्दछ । कोशी गाउँपालिकाको पश्चिम कुशाहासँग जोडिएको सीमामा पर्ने उक्त पोष्ट रहेको स्थानलाई हावा महल भन्ने गरिन्छ ।

वडा अध्यक्ष केदार विष्टले सशस्त्र प्रहरी संक्रमित पाइएपछि जोखिम बढेको बताए । ड्युटीमा खटिने क्रममा सशस्त्रको टोली मधुवन बजार लगायतका क्षेत्रसँगै राहत वितरण लगायत कतिपय क्रममा सँगसँगै हिडेकाले समेत थप जोखिम थपिएको विष्टले बताए । सशस्त्र र जनपथ प्रहरी समेत धेरैजसो स्थानमा सँगै ड्युटीमा हिँडेकाले समेत थप जोखिम बढेको उनले बताए ।वडा अध्यक्ष विष्टका अनुसार संक्रमित पाइएका सुरक्षाकर्मीको ससुराली प्रकाशपुर हो । उनी त्यता समेत आउजाउ गरेको भन्ने सुनिन आएको उनले बताए । संक्रमित सुरक्षाकर्मी केहि दिन अघि इटहरी हुँदै झापा तर्फ पुगेर आएको समेत सुन्नमा आएको विष्टले जानकारी दिए।

यद्यपी ती कुराहरु कन्ट्याक ट्रेसिङ पश्चात बाहिर आउने उनले बताए । वडा अध्यक्ष विष्टले सबै वस्तुस्थितीका बारेमा नगर प्रमुखलाई जानकारी गराइएको समेत बताए । यता सशस्त्र प्रहरी बल ४ नम्बर गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले सशस्त्र जबानमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले अन्य सुरक्षाकर्मीहरुको स्वाब संकलन थालिएको र थप विषयमा अध्ययन भैरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News