ठूला कुरा गर्नेलाई कुनै पदवी हुन्थ्यो भने त्यसको सबैभन्दा लायक हकदार हुन्थे, दीपकराज गिरी। कुरा ताजा सामूहिक भोजको हो। एक जना कलाकारको अपार्टमेन्टमा गएर दीपक, दीपाश्री निरौला, पूजा शर्मा र रवि लामिछाने दम्पती भेला भएर पार्टी गरे। यसरी भोज खाएको फोटो र भिडियो

फेसबुकमा छ्यालब्याल भयो। दर्शकलाई तर्लङ्ङ झोल खाएर घरमै बस्न अर्ती दिने रवि पार्टी खान गएको कुराले तहल्का मच्चियो। तर, आफूहरूबाट गल्ती भएको स्विकार्नुको साटो दीपकले उल्टै फिल्म पत्रकारलाई समाचार लेख्न नजानेको भनेर उपदेश दिए।

उनले स्क्रिप्ट लेख्न नजान्ने भन्दै पत्रकारलाई आफूहरूले राहत बाँडेको समाचार नछापेको तर भोकले खाना खाएको कुरा अतिरञ्जित गरेर समाचार बनाएको

पनि आरोप लगाए। हुँदाहुँदा उनले रविलाई आफैँले फोन गरेर बोलाएको र उनको केही दोष नभएको भनेर पनि चोख्याउने प्रयास गरे।

तर, उनको पोल त्यतिबेला खुल्यो, जब रवि स्वयंले गल्ती भएको स्विकारे। पत्रकारले लेखेको स्क्रिप्ट मिलेन भन्ने दीपकको स्क्रिप्ट चाहिँ मिल्यो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News