वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले हालै मिसाइल परीक्षण गर्नेबारे छलफल गरिरहेको छ । यदी अमेरिकाले मिसाइल परीक्षण गरे त्यो १९९२ पछिको पहिलो परीक्षण हुनेछ । जुन सम्भवतः रुस र चीनका लागि चेतावनीतर्फ लक्षित हुने बताइएको छ ।

यही शुक्रबार वासिंटन पोस्टले यसबारे नयाँ रिपोर्ट सार्वजनिक गरेको हो । उक्त परीक्षण अमेरिकी सुरक्षा नीति मार्फत सञ्चालन हुनसक्नेछ । एक विश्लेषकले वासिंटन पोस्टका लागि यदी यो प्रक्रिया अघि बढेमा अभूतपुर्व आणविक हतियारको प्रतिष्पर्धा सुरु हुने जनाएका छन् ।एक वरिष्ठ प्रशासनिक अधिकारी र दुई पूर्व अधिकारीलाई उद्धृत गर्दै मिसाइल परीक्षणको छलफल गत मे १५ मा भएको रिपोर्टमा उल्लेख छ । अमेरिकाले चीन र रुसलाई कम क्षमताका परीक्षण गरिरहेको आरोप लगाइरहँदा यस्तो छलफल अघि बढाएको हो ।

तर रुस र चीनले अमेरिकाको त्यस्तो आरोप अस्वीकार गर्दैआएका छन् । अमेरिकासँग भने ती आरोपसँग प्रमाण थिएनन् । पछिल्लो समय अमेरिका र चीनबीच कोरोनाभाइरस महामारीलाई लिएर थप तिक्तता उत्पन्न भएको छ ।रिपोर्टका अनुसार पछिल्लो छलफलपछि कुनै ठोस सहमति भने निस्किएको छैन । यसबारे छलफल जारी रहेको स्रोतको भनाइ छ । तर विभिन्न सरोकारवाला संस्थाले यसमा विरोध जनाएका छन् ।

ट्रम्प प्रशासनले सुरक्षा नीतिलाई प्रभावित पारेको भन्दै उनको आलोचना पनि हुन थालेको छ । विश्लेषकहरु भन्छन् कि, ट्रम्प आगामी नोभेम्बरमा हुने निर्वाचनलाई लक्षित गर्दै चीन विरोधी बयानबाजीलाई पछिल्ला साताहरुमा झन् कडा बनाउँदैछन् ।

उनले चीनलाई कोरोनाभाइरस महामारकिो लागि जिम्मेवार रहेको भन्दै बारम्बार आरोप लगाएका छन् । ट्रम्पले सुरक्षा नीतिले गर्दा आणविक जोखिम बढाएको भन्दै चिन्ता उठेको यो पहिलो घटना भने हैन । फेब्रुअरीमा पेन्टागनले घोषणा गरेको थियो कि, उसले मिसाइल बोकेको पन्डुबी तैनाथ गरिसकेको छ । जुन रुसको परीक्षणको जवाफी कार्यक्रम रहेको अमेरिकाको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News