नयाँदिल्ली : कोरोनाभाइरस महामारीका बावजुद भारत र चीनको सीमाक्षेत्र लद्दाखस्थित दुई देशका सेनाबीच तनाब बढिरहेको छ ।भारतीय मिडियाले उक्त सिमानामा चिनियाँ सेनाको घुसपैठ भएको बताउँदैआएका छन् । खासगरी गलवान नदी क्षेत्रमा पर्ने सीमाका तीन स्थानमा

चिनियाँ सेना सक्रिय देखिएको बताइएको छ । भारतीय सेना प्रमुख एमएम नाराभान यही शुक्रबार पूर्वी लद्दाखस्थित सिमानाको अवस्था बुझ्न भन्दै लेह क्षेत्रमा अवतरण गरेका छन् । तर भारतीय सेना प्रमुखको सीमा अवलोकन लगत्तै चिनियाँ विदेश मन्त्रालयले लेह क्षेत्र चीनको भूमि भएको प्रतिक्रिया दिएको छ ।

भारतीय सेना प्रमुख एमएम नाराभान

जहाँ अघिल्लो साता भारतीय सेनाको गस्तीमा चिनियाँ सेनाले बाधा पुर्याएको भारतीय पक्षको भनाइ छ । साथै भारतको सार्वभौमसत्ता र सुरक्षाको लागि आफूहरु प्रतिबद्ध रहेको भारतीय सेनाले जनाएको छ ।

भारत र चीनका फौजहरुबीच प्योंग्यांग त्सो लेकस्थित केहीअघि भनाभन भएको थियो । साथै भारतीय पक्षले त्यस लगायत तीन स्थानमा आफ्नो भूमि चीनले कब्जा गरेको दावी गर्दैआएको छ ।

चिनियाँ सिपाहीहरुले सीमा क्षेत्र नै पार गरी भारतीय भूमिमा बस्न थालेको बताइएको छ । जहाँ तीनै स्थानमा ८ सय देखि १ हजार चिनियाँ सिपाही तैनाथ भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News