काठमाडौं । कोरोना भाइरस -कोभिड-१९) संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुरमा

कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ । तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेका छन् । ‘विरामीमा यहाँ -नेपालगञ्ज) ल्याउने लगायतका सन्दर्भमा समुदायको पर्याप्त साथ सहयोग नभएपछि निषेधित क्षेत्र घोषणा घोषणा गर्नु परेको हो’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने । स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले शनिबार मात्र सेना परिचालन गर्न माग गरेको थियो ।

थाइल्याण्डले बाँदरमा कोरोनाको खोप परीक्षण गर्न थाल्यो
बैंकक : थाइल्याण्डमा पनि कोभिड १९ को खोप परीक्षण गर्न थालिएको छ । शनिबार मात्रै थाइल्याण्डले बाँदरमा खोपको परीक्षण गरेको छ ।
यहाँका उच्च शिक्षा, विज्ञान तथा अनुसन्धान मन्त्री सुभित माइसिन्सीले बाँदरमा खोप परीक्षण गर्ने पहल सुरु गरेका हुन् । यस अनुसन्धानको प्रभावकारिताको प्रष्ट परिणाम सेप्टेम्बरमा आउने बताइएको छ ।

‘यो प्रोजेक्ट थाइ नागरिकका लागि मात्रै नभएर सिंगो मानवजातिका लागि नै हो,’ प्रधानमन्त्री प्रयाथ चान ओचाले भने । साथै खोप विकास गरेर विश्व समुदायको श्रमशक्तिमा आफूहरु जोडिने उनको भनाइ छ । थाइल्याण्डले बुधबार नै खोप विकास गरेको घोषणा गरेको थियो । कम्तिमा १ सय सम्भावित खोपमध्ये एउटा खोपलाई थाइल्याण्डले अघि सारेको हो । जुन सफल भएमा अर्को वर्षसम्मा उसको उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

थाइल्याण्डले दुई उत्पादकहरुका लागि खोप संकलन गर्न थालेको पनि मन्त्री सुभितले बताए । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ५० लाख बढी संक्रमित भएका छन् भने ३ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ । थाइल्याण्डमा राष्ट्रिय खोप संस्थान, चिकित्सा विज्ञान विभाग र चुलालोंकोर्न विश्वविद्यालयको खोप अनुसन्धान केन्द्रले संयुक्त रुपमा खोप विकास गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News