काठमाडौं । थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार

थप ७२ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ।यो सहित कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ। संक्रमित हुनेमा धनुषाका ३ , कपिलवस्तुका ३, काठमाडौंका ३, बाराका २, रौतहटकामा २६ , सप्तरीमा २, बर्दियाका १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस्तै बाँकेमा ४ जना ,बारामा २१ जना, दैलेखमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको हो।

राप्ति प्रतिष्ठानमा गरिएको परीक्षणमा थप पाँच जनाको रिपोर्ट पोजिटिभ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार थप पाँच जनाको रिपोर्ट पोजिटिभ आएको छ। दाङ, बाँके र बर्दिया जिल्लाका नमुना संकलन गरेर ल्याएका २२९ जनाको स्वाब परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

रिपोर्ट पोजिटिभ बर्दियाका एक जना र बाँके जिल्लाका चारजना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए। प्रतिष्ठानमा आइतबार बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका-५ निवासी २४, २३, २३ र १६ वर्षका पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो।

बर्दिया जिल्ला बासगढी-९ निवासी २५ बर्षीय एक पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको छ। प्रतिष्ठानमा आइतबार बर्दियाका एकजना र बाँकेका १२९ जनाको स्वाब पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News