काठमाडौं : थप ६ जनामा कोरोना संक्रमण देखिएको छ। अछाममा १, बर्दियामा ३ र पर्सामा १ र काठमाडौंमा १ गरी कुल थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। अछाम मेललेकका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण

देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। सेती प्रादेशिक अस्पतालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो। त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको कोरोना पोजिटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय पुरुष र गुलरिया २ बर्दियाका १८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो।यस्तै नारायणी अस्पतालको प्रयोगशामा गरिएको परीक्षणमा दुई जनामा पोजिटिभ देखिएको छ। उनीहरु जिरा भवानी गाउँपालिका ४ पर्सा कालिकामाइको क्वारेन्टाइनमा रहेकामा १८ वर्षका पुरुष र काठमाडौं महानगरपालिका १५ घर भएका कलैयामा काम गर्नेमा कोरोना पोजिटिभ देखिएको हो। हालसम्म कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ। ११२ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

हालसम्म पीसीआर विधिबाट ५१ हजार ६४२ र आरडीटी विधिबाट ९५ हजार १९२ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर २हजार ९०४ र आरडीटी ५हजार १६६ नयाँ नमूना परीक्षण भएका हुन्।सबै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा १० हजार ८२७ ,प्रदेश २ मा ६हजार ४६८ मा ,बागमती प्रदेशमा २३ हजार ३१३ ,गण्डकी प्रदेशमा ७हजार ७०१ ,प्रदेश ५ मा १६हजार २१५ ,कर्णाली प्रदेशमा १० हजार ५८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६१० गरी कुल ९५ हजार १९२ वटा आरडीटी नमूना परीक्षण भएका छन्। क्वारेन्टाइनमा ४६ हजार २९ रहेका छन्।

यस्तै कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ। बाराको करैयामाई गाउँपालिका-७ का ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । सोमबार सोमबार मात्रै उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News