काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आज (मंगलबार) कोे प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९०जनामा संक्रमण भएको पुष्टि गरे । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस

(कोभिड–१९) संक्रमण पुष्छि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ । नेपालमा मंगलबार ९० कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७७२ पुगेको छ। महत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५,

धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १,

स्याङ्जाका २ र सुर्खेतका १२ कोरोना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News