वि.सं. २०७७ जेठ १४। बुधवार। इ.स. २०२० मे २७। ने.सं. ११४० तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। पञ्चमी, २२:३१ उप्रान्त षष्ठी। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:४१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे,

पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:५७ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सरकारी र सामाजिक निकाएको भय रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लगानी गर्नु उपलब्धीमूलक हुँदैन र खर्चपनि हुनेछ । प्रेममा समस्या आउला, तर नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्दै जानेछ । नजिकको मित्रसँग भेटघाटपनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्ला । मनमा उत्साह र उमङ्ग छाउनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । आफूले गरेको कार्यबाट मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । नयाँ काममा हात हाल्ने समय छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News