काठमाडौं । थप ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना,

कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ । त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ । बुधबार थप एक सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो। बुधबार मात्र ११४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो । धरानमा कोरोना पुष्टि भएका आठजना सप्तरी बोडे बसाइ नगरपालिकाका हुन् । उनीहरु १८ देखि ५६ वर्षका पुरुष हुन् ।

सप्तरीकै बालनविभुल गाउँपालिका अन्य दुईजना १७ वर्षीय महिला, २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । सप्तरीकै अर्का २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।त्यसैगरी विराटनगरस्थित कोसी कोरोना अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १७ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुमध्ये झापा गौरादह नगरपालिका दुईजना २६ र ४१ वर्षीय पुरुष छन् । झापाकै कचनकवलका दुई जनाको रिपोर्ट पोजिटिभ आएको छ । सँगै हेटौंडा किटजन्य प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरुमध्ये एकजना हेटौंडाकै हुन् । अन्य सातजना रौतहट, गढीमाई नगरपालिका हुन् । पोखराको प्रदेशीक प्रयोगशालामा भएको परीक्षणमा चार जनामा कोरोना पोजिटिभ देखिएको छ भने दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १८ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु रुकुमपूर्व र दाङका हुन् ।

सँगै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु सबै बाँकेका हुन् । त्यसैगरी राष्ट्रिय प्रयोगशालामा ३८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सिरहा, सप्तरी, बारा, रौतहटका छन् । योसँगै संक्रमितको संख्या कुल आठ सय ८६ पुगेको हो । जसमध्ये पुरुष सात सय ९६ र महिला ९० जना छन् । मन्त्रालयका अनुसार अहिलेसम्म ४७ जिल्लामा संक्रमण फैलिएको छ । बुधबारसम्म एक सय ८३ जना निको भएका छन् भने अरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । मंगलबार साँझ र बुधबार गरेर २८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

अहिलेसम्म नेपालमा कोरोनाकै कारण चार जनाको मृत्यु भइसकेको छ । सरकारले परीक्षणको दायर बढाउँदै सातै प्रदेशका २० अस्पतालमा पीसीआर परीक्षण गरिरहेको छ भने देशभर आरडीटी विधिबाट व्यापक परीक्षण भइरहेको छ । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडीटी विधिबाट एक लाख दुई सय ८७ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार पाँचसय २५ र आरडीटी दुई हजार तीन सय २० जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार ७० हजार तीन सय ५ जना क्वारेन्टाइन र ६ सय ९९ जना आइसोलेसनमा मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News