काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बिहीबार साँझ ४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक केही ढिला गरी सुरु भएको हो । बैठकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको संकट र लकडाउनको

मोडालिटि को विषयमा छलफल हुँदैछ । बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको संख्या दुई हजार माथि पुगेको अवस्थामा स्वास्थ्य क्षेत्रमा संकट घोषणा गर्ने सकिने प्रवधान अनुसार प्रस्ताव लगेका छन् । उक्त प्रस्तावमाथि आजकै बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

तस्बिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्य क्षेत्रमा संकट घोषणाको प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्‍मा पठाएको जानकारी दिएका हुन्।

‘संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। मृत्युको संख्या पनि बढ्दै गएको छ। हामीले ‘हेल्थ सेक्टरको इमर्जेन्सी रेस्पोन्स प्लान’ बनाएका थियौँ। जो यो कोरोना पेन्डेमिकसँग सम्बन्धित थियो। जसमा दुई हजारभन्दा बढी कोरोना संक्रमित भएको अवस्थामा ‘पब्लिक हेल्थ इमर्जेन्सी’

घोषणा गर्न सकिने भनेर राखिएको थियो’, प्रवक्ता देवकोटाले भने, ‘त्यही अनुरुप छलफल चलाइरहेका छौँ। त्यसको लागि मन्त्रिपरिषद्बाट पारित गर्न प्रस्ताव लाने निर्णय गरेका छौँ। प्रस्ताव स्वीकृति भइसकेको छैन। प्रस्ताव जाँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News