काठमाडौं : बिहीबार एकै दिन २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार शुक्रबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई २८ सय १२

पुगेको हो। बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ।शुक्रबार पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २ जनाको नमुना परीक्षण गरिएको छ। अहिले आइसोलेसन दुई हजार पाँच सय ६८ जनाको उपचार भइराखेको छ। नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या तीन सय ३३ पुगेको छ। शुक्रबार मात्र ४३ जना डिस्चार्ज भएका हुन्। नेपालमा कोरोनाका कारण १० जनाको मृत्यु भइसकेको छ।

काठमाडौं । कर्णाली प्रदेशको दैलेख जिल्लामा शुक्रबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा दैलेखमा यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैलेखको महाबु गाउँपालिकामा ६४ जना र दुल्लु नगरपालिकामा २७ जनामा कोरोना संक्रमण भएको हो । यसअघि बिहीबार दैलेखमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसमा एक सय ८ जना नारायण नगरपालिकाका रहेका थिए । शुक्रबार नै जुम्लाको चन्दनथान नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जुम्लामा नै गरिएको परीक्षणमा हुम्ला, दोलखा, रामेछाप र गोरखाका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको पञ्चपुरी गाउँपालिका र जाजरकोटको भेरी नगरपालिकाका एक/एक जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै शुक्रबार कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना संक्रमित भेटिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News