अभिनेत्री मनीषा कोइरालाको ट्वीट र वर्षा राउतको विवादले हिरोइनलाई सामाजिक सञ्जालमा सक्रिय हुने बहाना दियो। हरेकले मनीषाको ट्वीटमा समर्थन गर्दै देशभक्तिको कसम खाए। तर, यस विवादमा राम्ररी नै हात सेकिन्, नीता ढुंगानाले। लकडाउनको समय टिकटक र

लाइभमा यत्तिकै बिताइरहेकी उनी यस प्रकरणमा बोल्न थालेपछि अचानक धेरैको नजरमा परिन्। युट्युब त छँदैछ, रेडियो र टेलिभिजनमा समेत उनी बेस्सरी सक्रिय भइन्। तर, उनको अन्तर्वार्ता ध्यान दिएर कसैले सुनेनन्। सुनेका भए र निहुँ नै खोज्ने हो भने उनले प्रशस्त खुराक दिएकी थिइन्। उनले एउटा टेलिभिजनमा गएर मोदीको फ्यान भएको बताइन् भने वर्षाले बोल्न नहुने कुरा बोलेको धारणा राखिन्। यतिखेर मोदीको गुणगान गाउनु, कसैले पनि रुचाउने कुरा थिएन। अनि, स्थिति साम्य बनाउन पहल गर्नुपर्नेमा उल्टै वर्षालाई दोषी भन्नु बुज्झकीले गर्ने काम थिएन। मिडियामा खास भाउ पाउन छाडेकी नीताले मौकामा राम्रै चौका हानिन्।

दुश्मनी समाप्त
पूजा शर्माको सबै हिरोइनसँग छिपछिपे मित्रता छ। भेट हुँदा गाला जोड्यो, हाई–हेलो गर्‍यो, नहुँदा वास्ता छैन। तर, आँचल शर्मासँग भने उनको पानी बाराबार नै थियो। पूजा आँचलसँग नबोल्ने मात्र होइन, पाएसम्म उनको खेदो नै खन्थिन्। तर, यही हप्ता अचानक नाटकीय रूपमा पूजाले दोस्तीको हात बढाएकी छिन्।

वर्षा राउतले सीमा विवादमा दिएको अभिव्यक्तिका कारण उनी त निशानामा परिन् नै, यही बहानामा केही हिरोइन पनि बदनाम भए। ‘इन्डियन स्क्वाड’ नामक समूहले थुप्रै हिरोइनको फेक पोर्न बनाएर सामाजिक सञ्जालमा भाइरल बनायो। यसको पहिलो शिकार थिइन्, आँचल शर्मा। जब आँचलको भिडियो भित्रभित्रै फैलन लाग्यो, सबै हिरोइनले चिन्ता व्यक्त गरे। तर, पूजाले भने यसपालि आँचललाई फोनै गरेर ढाडस दिइन्।

यहीँबाट सम्बन्ध सहज भएपछि दुवैले एकअर्कालाई इन्स्टामा फलो गरे, जसको समाचार केही अनलाइनमा छापियो। भनिन्छ, यो क्षेत्रमा न दोस्ती लामो समय टिक्छ, न दुश्मनी। पूजा र आँचल बराबर अहिले यो सत्य वचनमा अरू को फिट होला र?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News