विराटनगर : भारतीय पक्षले बेलाबखत मोरङसँग जोडिएको सीमा क्षेत्रमा अतिक्रमणको प्रयास गरेको पाइएको छ। भारतसँग जोडिएको ६३ दशमलव २ किमि सीमा क्षेत्रमा सीमास्तम्भ हेरफेर नभएको हो। मोरङको जहदा गाउँपालिका–१ कालामनिजरस्थित दशगजा मिचेर

भारतीय पक्षले सडक निर्माण गरेको थियो।मोरङको जहदा गाउँपालिका–१ मा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा दशगजा मिचेर भारतीय पक्षले सडक बनाउन लागेको थियो। जहदा गाउँपालिका–१ कालामनिजर र भारततर्फ अररिया कुस्माहा ग्राम पञ्चायत–४ आमगाछीमा सीमा स्तम्भ नं. १७४ र २ सहायक सीमा स्तम्भदेखि ५ सय मिटर पश्चिम भारततर्फको दशगजाभित्र पर्ने १ सय ५० मिटर कच्ची सडक निर्माण सुरु भएदेखि नै स्थानीय र तत्कालीन संघीय समाजवादी फोरम नेपाल जिल्ला अध्यक्ष राजकुमार यादव र जाहदा–१ का वडाध्यक्ष प्रदीप यादवले सडक निर्माण रोकेपछि दुवै देशका सीमा सुरक्षा अधिकारीले समन्वय गरेर पुरेको थियो।अन्तर्राष्ट्रिय सन्धि–सम्झौताविपरीत एकपक्षीय रूपमा भारतीय पक्षले दशगजा मिचेर निर्माण सुरु गरिएको सो सडक जेसीबी प्रयोग गरेर पूरेको थियो।

दशगजा क्षेत्रमा भारतीय पक्षले बनाएको पक्की सडक एस्काभेटरले हटाइँदै। तस्बिर– जितेन्द्रनारायण ठाकुर

फोरमका जिल्ला अध्यक्ष यादवले निर्माण भइरहेको सडकको काम रोकेर नेपालका सीमा सुरक्षा बल र प्रमुख जिल्ला अधिकारीलाई खबर गरेपछि अर्को दिन नेपाल तर्फबाट सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा मोरङ नम्बर ३ गणका गणपति मनीष थापाले भारतीय सीमा सुरक्षा बल ५६ बटालियनको डिपुटी कमान्डर मनीन्द्रकुमार सिङसँग समन्वय गरी स्काभेटर लगाई हटाएको थियो।सडक निर्माण भए सीमावर्ती नेपालका अधिकांश बस्ती डुबानमा पर्ने अवस्था भएकाले स्थानीयले काम रोकेको बताइएको छ। दशगजाको दुवैतर्फ दशगज अर्थात् ९.१ मिटर खाली राख्नुपर्ने प्रावधान भए पनि भारतीय पक्षले उक्त ठाउँमा दशगजा मिचेर सिमानामा राखिएको पिलरकै छेउमा सडक निर्माण सुरु गरेको थियो। दशगजा मिचेर निर्माण गर्न लागिएको सडकका कारण नेपालतर्फका जहदा गाउँपालिकाका विभिन्न वडाका साथै विराटनगर महानगरपालिकाका विभिन्न वडा डुबान हुने खतरासमेत थियो।

आगामी दिनमा समेत दशगजा र सीमा मिचेर हुन सक्ने गतिविधिप्रति नेपाली सुरक्षा निकाय र प्रशासन थप सजग रहनुपर्ने राजकुमार यादवको भनाइ छ। जाहदा गाउँपालिका– १ को करिब ८ किमि भारतीय सीमासँग जोडिएको छ। भारतको सीमामा अलिकति जोेडिएर सडक निर्माण गर्न नदिने तर दशगजा मिचेर नेपाली भूमिमा भारतलाई सडक बनाउन कसरी दिने भन्दै त्यहाँ स्थानीयले अझै निगरानी बढाउन लागेको जानकारी दिए।नेपालतर्फ दशगजा क्षेत्र विद्यमान रहे पनि भारतीय किसानले मासेर खेतीसमेत गर्दै आएका छन्। भारतीय दशगजामा कृषि सामग्रीसमेत राख्ने गरेको पाइएको छ। मोरङमा १ सय २४ वटा सीमा यथावत् छन्। सीमामा पुराना समस्याका रूपमा दशगजा क्षेत्रमा अहिले पनि नेपाल र भारतका नागरिक घर बनाएर बसेको पाइएको छ।

मोरङका सीमावर्ती क्षेत्रका बासिन्दा सूचना आदान प्रदान गर्न भारतीय सिमकार्ड प्रयोग गर्नुका साथै भारतीय बजारमा किनमेल गर्छन्। नेपाली मोबाइल नेटवर्क विस्तार नभएकाले उनीहरूले भारतीय सिमकार्ड प्रयोग गरेका हुन्।स्थानीय चनदन कुमार साहले भने, ‘हामीसँग एयरटेलको सिमकार्ड छ। नेपालीसँग कुराकानी गर्दा पहिला मिस कल गर्छु, त्यसपछि उनीहरू कल ब्यापक गरे खबर बुझ्ने गरेका छौं। ‘स्थानीय जनप्रिय माविका शिक्षक कमलेश्वर कुमार साहले सीमा क्षेत्रका बासिन्दाको भारतीय सिमकार्ड र बजार प्रयोग गरेको बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News