काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ३२३ जनामा संक्रमण पुष्टिभएसँगै संक्रमितको संख्या चार हजार ८५ पुगेको हो। मंगलबार दुई

सय ९२ पुरुष र ३१ महिला महिलामा कोरोना पुष्टि भएको हो। कोरोनाका कारण नेपालमा १४ जनाको मृत्यु भइसकेको छ। मंगलबार मात्र ९६ जना डिस्चार्ज भएका छन्। नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरे ।उनका अनुसार नयाँ थपिएका संक्रमितमा २ सय ९२ पुरुष रहेका छन् भने ३१ जना महिला रहेका छन् । जम्मा ४ हजार ८५ रहेकोमा पुरुष ३ हजार ७ सय ९८ रहेको छ भने महिला २ सय ८७ जना रहेका छन् ।

मंगलबारसम्म १ लाख ६ हजार ३१ नमुना पसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । त्यस्तै, हालसम्म १ लाख ६६ हजार १ सय ५८ जनाको आरडीटी परीक्षण गरिएको छ ।

२४ घण्टाको अवधिमा ५ हजार ३ सय ५३ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने ९ हजार १ सय ६७ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । १ लाख ६५ हजार ७ सय ७५ जना देशभरका विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका छन् । ३ हजार ४ सय ८७ जना आइसोलेसनमा रहेका छन् ।

नेपालमा थप ९६ जनाले कोरोना भाइरसलाई जितेका छन् । जसमध्ये ८८ जना पुरुष रहेका छन् भने ८ जना महिलाका छन् । हालसम्मको कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News