वि.सं. २०७७ जेठ २८। बुधवार। इ.स. २०२० जुन १०। ने.सं. ११४० तछलागा। आषाढ कृष्णपक्ष। पञ्चमी, २१:५७ उप्रान्त षष्ठी। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०४ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ

०६:५७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०३ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै धोका दिन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । नयाँ कार्यको योजना रोजगारको अवसर मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कामको धपेडी भएपनि सफलता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लाभ, हानी, आय, व्यय, सुख, दु:ख वरावरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी मायाँ एवं समझदारी कायम रहनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News