
बेइजिङ : चिनियाँ लडाकु विमानहरु घुसपैठविरुद्ध कडा प्रतिक्रिया दिन भन्दै ताइवानको आकासमा पुगेका छन् । ताइवानको रक्षा मन्त्रालयका अनुसार सु–३० फाइटर विमान मंगलबार ताइवानी आकासमा पुगेका हुन् । ताइवानको दक्षिणपश्चिम क्षेत्रस्थित चीनले आफ्ना विमान पठाएको
बताइएको छ । ताइवानी वायु सेनाको फौजलाई त्यस क्षेत्रबाट हटाउन चेतावनीको रुपमा चीनले यस्तो कदम चालेको बताइएको छ । ताइवानमा २०१६ मा साइ इङ वेन पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि नै चीनले ताइवानभित्र युद्धपोत पठाउन थालेको हो ।
स्वसाशित क्षेत्र ताइवानलाई चीनले आफ्नै भूभाग ठान्ने गर्छ । तर साइसहित ताइवानी नेताहरु ताइवानलाई स्वतन्त्र ठान्दै चीनको शासन अस्वीकार गर्छन् ।
२०२० सुरु भएपछि पनि चीनका पाँच युद्धपोतहरु ताइवान आइपुगेको बताइन्छ ।
यसवाहेक अमेरिकी विमान समेत ताइवान आउने गरेका छन् । साथै अमेरिका ताइवानको मुख्य हतियार आपुर्तिकर्ता र बलियो अन्तर्राष्ट्रिय समर्थक राष्ट्र मानिन्छ ।
यसैले गर्दा पनि ताइवानी टापुलाई लिएर चीन र अमेरिकाबीच बारम्बार विवाद हुने गरेको छ ।