वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विवादास्पद टिप्पणीका विरुद्ध मौन रहेको भन्दै फेसबुकका संस्थापक मार्क जुकरबर्गको आलोचना गर्ने एक कर्मचारीलाई फेसबुकले बर्खास्त गरेको छ । ब्रान्डन डेल नामका इन्जिनियरलाई फेसबुकले हालै बर्खास्त गरेको हो ।

डेलले आफूलाई कम्पनीले बर्खास्त गरेको कुरा ट्वीटर मार्फत पनि जानकारी गराएका थिए । पछिल्लो समय अमेरिकामा सामाजिक र राजनीतिक रुपमा हलचल भइरहे पनि फेसबुकका मालिक जुकरबर्ग मौन रहँदा ब्रन्डनले उनको सार्वजनिक रुपमै आलोचना गरेका छन् ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग

अमेरिकामा रंगभेदविरोधी ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान चलिरहँदा यसबारे जुकरबर्गले कुनै प्रतिक्रिया नदिएपछि पनि ब्रान्डन जुकरबर्गसँग असन्तुष्ट बन्दैआएका थिए । ब्रान्डनसँगै फेसबुकले दर्जन बढी कर्मचारीलाई बर्खास्त गरेको छ । जसमध्ये ६ जना इन्जिनियर नै छन् ।

जुकरबर्ग नश्लवादविरोधी आन्दोलनबारे मौन रहनुमा राजनीतिक कारण भएको भन्दै उनको आलोचना भएको छ । फेसबुकले भने ब्रान्डनको बर्खास्ती गरेको जनाएको छ । तर के कारणले बर्खास्त गरेको खुलाएको छैन । अमेरिकाको मेनियापोलिसस्थित गोरा प्रहरी अधिकृतले एक अस्वेत नागरिक जर्ज

फ्लोइडको हत्या गरेपछि अमेरिकामा व्यापक प्रदर्शन हुँदैआएको छ । राष्ट्रपति ट्रम्पले भने प्रदर्शनकारीको विपक्षमा ट्वीट गरेका छन् । तर ट्वीटरले ट्रम्पका पछिल्ला अभिव्यक्तिमाथि फ्याक्ट चेक गर्नुका साथै लुकाइदिने समेत गरेको छ । फेसबुकका मालिक जुकरबर्ग भने यसबारे मौन देखिएपछि उनको पनि आलोचना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News