वि.सं. २०७७ असार २। मंगलवार। इ.स. २०२० जुन १६। ने.सं. ११४० तछलागा। आषाढ कृष्णपक्ष। दशमी, ०५:३७ उप्रान्त एकादशी। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:४९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त :

साँझ ०६:५९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०५ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष,उमङ्ग र उत्साह रहला । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लामो समयदेखि रोकिएका अधुरा कामहररू पुरा हुनेछन् । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज छोटो यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । आर्थिक क्षेत्र विस्तारै सुधार उन्मुख हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकका व्यक्तिबाट धोका पाईन सक्नेछ, सचेत रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । बहुमुल्य वस्तु हात पर्ने सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेमीको सहयोग प्राप्त हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्रमा रुची बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । घर पारीवर र साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News