दैलेख : कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै सरकारले दैलेखलाई ‘कोरोना हटस्पट’ का रुपमा राखेको छ । लकडाउनलाई कडाइका साथ लागू गरेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सूचारु नगर्ने बताएको छ । तर लकडाउन भने खुकुलो बन्दै

गएको छ । कोरोनाको उच्च जोखिममा रहेका दैलेख जिल्लामा दैनिक संक्रमितको संख्या बढ्दो क्रममा छ । दैलेखमा पछिल्लो २४ घण्टामा ८६ जना संक्रमित भएका छन् । बिहीबार दैलेखको महाबु गाउँपालिकामा ७६, दुल्लु नगरपालिकामा २, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २, भैरबी गाउँपालिकामा एक र गुराँस गाउँपालिकामा ५ जना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । योसँगै दैलेखमा कुल संक्रमितको संख्या ७ सय नाघेको छ ।

दैलेख अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका कोरोना संक्रमित।तस्बिर :

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड-१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ । कोरोना संक्रमित मध्ये नारायणमा १९९, दुल्लुमा ७४, चामुण्डामा ३,

आठबीस नगरपालिकामा २१ तथा ठाटीकाँधमा ३, भैरबीमा १०, महाबुमा १८४, नौमूलेमा १४१, भगवतीमाईमा ११, डुङ्गेश्वरमा ६८ र गुराँस गाउँपालिकामा ७ जना छन् । ती मध्ये ३३ महिला सहित ३३४ जना संक्रमितलाई घर पठाईएको छ ।

यी मध्ये अधिकाँशलाई दोस्रो पटक परीक्षण नगरी डिस्चार्ज भएका हुन् । जिल्लामा कोरोना भाइरसबाट एकजनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News