काठमाडौं : बिहीबार एकै दिन ६७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार बिहीबार ६७१जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। योसँगै संक्रमितको संख्या सात हजार आठ

सय ४८ पुगेको छ। बिहीबार मात्र थप दुई जनाको कोरोनाकै कारण मृत्यु पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार योसँगै मृतकको संख्या २२ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ ।
उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं । काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो । बैतडीका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

आरडीटी रिपोर्ट पोजिटिभ देखिएकाहरुको पीसीआर रिपोर्ट पनि पोजिटिभ देखिएको उनले बताए । बिहीबार थपिएका संक्रमित मध्ये दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना,पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जना रहेका छन् । नयाँ संक्रमित २५ जना मध्ये २ महिला र २३ जना पुरुष छन् ।

दशरथचन्द नगरपालिकाका १४ वर्षीया महिला, २१, ३३, २०, २६, ४०,२८, २५, २८ र २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सुर्नया गाउँपालिकाका २१,४५ र २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ भने सिगास गाउँपालिकाका २१ वर्षीया महिला, २४,२२ र १८ ‍वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News