काठमाण्डौ – सरकारले कोरोनाको कारण रोकिएको वैदेशिक रोजगारी फेरि खुला गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको शुक्रबार बसेको बैठकले बिदामा आएकासँगै नयाँ रोजगारीमा जान दिने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदरीपकुमार

ज्ञवालीले जानकारी दिनुभयो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । अध्ययनका लागि जाने विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।

बैठकले सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नव्यहोर्नेहरुको स्वदेश फिर्तीका लागि कार्यविधि बनाउन श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । यसअघि असार १ गते सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका, आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने श्रमिकको उद्धारमा वैदेशिक रोजगार

कल्याणकारी कोषको रकम प्रयोग गरी ल्याउन अन्तरिम आदेश जारी गरेको थियो ।त्यही आदेशअनुसार कस्ता श्रमिकलाई कसरी ल्याउने भनेर श्रम मन्त्रालयले कार्यविधि बनाउने काम अघि बढाइसकेको छ ।

विदेशबाट ल्याइएका शव व्यवस्थापनको जिम्मा पनि श्रमलाई दिइएको छ । अन्र्तराष्ट्रिय उडान नहुँदा लामो समयदेखि विदेशमा नेपालीको शव रोकिएका छन् । आज कतारले २० जना नेपालीको शव भने चार्टर्ड जहाजमार्फत पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News