काठमाडौं । पछिल्लो समय आम किशोर किशोरीको विचमा लोकप्रिय बनेको छ, टिकटक भिडियो । छोटो समयको आफुले चाहेजस्तो भिडियो आफ्नै प्रयाशमा बनाएर आफ्नै तजबीजले एप्समा राख्न सकिने भएकाले युवा पुस्तामाझ काफी लोकप्रिय छ यो एप्स । भिडियो पोष्ट

भएपछि थरि थरिका प्रतिक्रिया आउछन् । लाइक्सले सहभागीहरुलाई हौस्याउन मद्दत पु¥याउछ । कतिका लागि आफुमा भएको कला प्रष्फुटन गर्ने माध्यम पनि भएको छ । टिकटक भिडियोकै कारण सिरियल, म्युजिक भिडियो र फिल्ममा ‘जम्प’ गर्नेहरुको संख्या पनि उत्तिकै बढिरहेको छ ।बहिनीले आफ्नो मोबाइलमा ब्यालेन्स सकिएको बेला झर्को माने जस्तो गरेर भन्दिरहिछन् ‘सक्दिन म खिच्दिन ।’ उनलाई बहिनीलाई फकाउने तरिका थाह छ । सय वा पचासको रिचार्ज किनिदिएपछि बहिनी राजी भैहाल्छिन् टिकटकमा दैनिक चारघन्टा टिकटकमा भुल्लिने युवति हुन् मनिता खुलाल ।

नृत्यमा पोख्त मनिता उपहार ऋण तथा बचत सहकारी संस्थाकी कर्मचारी हुन् । टिकटक भिडियोकै कारण कार्यालयमा समेत उनको छबी ‘सेलीब्रेटी’ को जस्तो छ । अफिसका साथीहरुले ‘कलाकार हुनुपर्ने मान्छे’ भनेर जिस्क्याउछन् उनलाई । उनको भनाईमा यो एप्स अभिनय तृष्णा मेटाउने माध्यम पनि हो । ७/८ वटा म्युजिक भिडियोमा अभिनय गरेकी मनिता अहिले टिकटकमा सक्रिय हुने मध्येकी एक हुन् । उनको एउटै भिडियोले ६७ के लाइकसम्म पाएको छ ।

मोबाइलमा धेरै बेर हराएकै कारण ममीको गाली पटक पटक खाएकी छिन्
दैनिक कति घण्टा भुलिन्छिन् होला टिकटकमा ? हाँस्दै भनिन् ‘दिनमा चार घण्टाजति टिकटकमै रमाउछु ।’ मोबाइलमा धेरै बेर हराएकै कारण ममीको गाली पटक पटक खाएकी छिन् । मलाई काम सघा न कति मोबाइलमा झुण्डिएको भनेर भन्नुहुन्छ उनको ममीले । ममीको कुरा सुन्छिन् मात्रै । भन्छिन् ‘अब त ममी थाकिसक्नु भो ।’ उनको भिडियो प्राय दोस्रो व्यक्तिले खिचेको हुन्छ । भिडियो खिच्ने काममा बहिनीले सघाउने गरेकी छिन् ।

बहिनीको पनि टिकटक भएकाले पालै पालो खिच्न खिचाउन सजिलो छ । तर, बहिनीले आफ्नो मोबाइलमा ब्यालेन्स सकिएको बेला झर्को माने जस्तो गरेर भन्दिरहिछन् ‘सक्दिन म खिच्दिन ।’ उनलाई बहिनीलाई फकाउने तरिका थाह छ । सय वा पचासको रिचार्ज किनिदिएपछि बहिनी राजी भैहाल्छिन् ।
रेडीमेड गीत भन्दा आफ्नै भ्वाइससहितको फन्नी भिडियो राम्रो लाग्छ उनलाई । १५० भन्दा बढी भिडियो पोष्ट गरेकी मनितालाई आफ्नो बाहेक नायिका वर्षा राउतको भिडियो मन पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News