धनगढी : कैलाली कोरोनाको ‘इपिसेन्टर’ बनिरहेको छ । बुधबार मात्रै कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पशुरोग अन्वेषण प्रयोगशाला धनगढीमा पछिल्लो २४ घण्टामा गरिएका परीक्षणमा

२५४ स्वाबका नमुनामध्ये धनगढी उपमहानगरपालिकाका ६ महिला र १९ पुरुष गरी २५ जना र नगरपालिका गोदावरीमा ४ महिला र २८ पुरुष गरी ३२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशीक अस्पताल धनगढीले बुधबार दिउँसो जारी गरेको विज्ञप्तिमा ५७ जनामा कोरोना पुष्टि भएको हो । मंगलबार सम्म मात्रै कैलालीमा ४१० जना कोरोनाका बिरामी पुगिसकेका छन । बुधबारका ५७ जना गरी कैलालीमा कुल ४६७ जना कोरोनाका बिरामी फेला परेका छन्।

धनगढी उपमहानगरपालिकामा मात्रै बुधबारसम्म कोरोना संक्रमितको संख्या ९२ जना पुगेको छ । उपमहानगरपालिकामा कोरोनाका बिरामी बढे पनि मुख्य बजार क्षेत्रमा कुनै सावधानी अपनाइएको छैन । जोडिएको गोदावरी नगरपालिका र गौरीगंगा नागरपालिकाले आ-आफनो नगरपालिका लकडाउन गरेपनि धनगढीले भने आवागमन कम गर्ने कुनै उपाय अपनाएको छैन ।

लकडाउन खुलेपछि धनगढीको बजार पुरानै लयमा फर्किएको छ । धनगढीका रेष्टुरेन्ट, क्याफे खुलेका छन् भने बजार पुरै खुलेको छ । मोटरसाइकलमा एकजना मात्र जान दिने नियम लागू भएको छैन भने नीजि सवारी साधन निर्वाध चलिरहेका छन ।

नीजि सवारीमा अन्तरजिल्ला सवारी बोक्ने कार्य पनि भइरहेको छ । सार्वजनिक सवारी बन्द रहेपनि महंगोमा गाडि बुक गरेर अन्तरजिल्लाको यात्रा निर्वाध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News