काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी राणा र भुवन केसी अहिले ‘वाकयुद्ध’ मा छन् । साम्राज्ञीले इन्स्टा भिडियो मार्फत पहिलो चलचित्र ‘ड्रिम्स’ सुटिङमा पानी समेत खान नपाएको कुरा सार्वजनिक गरेपछि भुवन केसीले सामाजिक सञ्जाल फेशबुक मार्फत आफुले ब्रेक दिएको

भन्दै जुनखालमा खायो त्यहि प्वाल पार्ने भन्दै अर्ति उपदेश दिए । भुवनको अर्तिले काम गरेन साम्राज्ञीले अर्को भिडियो मार्फत जापानमा आयोजित एक कार्यक्रममा भुवनले दुब्र्यबहार गरेको कुरो सार्वजनिक गरिन् । प्रतिउत्तरमा भुवन केसीले कलाकार संघ गुहारेका छन् । कलाकार संघलाई ‘छानबिन गरि पाउँ’ भन्दै लेखेको चिट्ठीमा केसीले साम्राज्ञीले आफ्नो चरित्र हत्या गरेको दावी गरेका छन् । साम्राज्ञीको कारण आफ्नो मात्रै नभएर आम चलचित्रकर्मीको बद्नाम भएको दावी भुवनले गरेका छन् ।

निफले माग्यो महोत्सवका लागि फिल्म

काठमाडौं । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को आयोजक पक्षले महोत्सव तयारी सुरु गरेको छ । यो महोत्सवको चौथो संस्करण आगामी फागुनको दोस्रो साता हुँदै छ । सो महोत्सवमा सहभागी हुन चाहनेहरूका लागि फिल्म पठाउन आयोजक पक्षले आह्वान गरेको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा बर्सेनि हुँदै आएको फेस्टिभलको नयाँ संस्करण फागुन १२ देखि १६ सम्म हुने प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताएका छन् । त्यसका लागि आवेदन खुला गरिएको पनि उनले बताए । पहिलो संस्करण पोखरामा, दोस्रो र तेस्रो संस्करण काठमाडौंमा आयोजना गरिएको यो महोत्सवका चौथो संस्करण पनि काठमाडौंमा गरिने भएको छ । महोत्सवमा सहभागिता जनाउन चाहने इच्छुक फिल्मकर्मीहरूले यही २०२० जुलाई १ देखि नोभेम्बर ३० सम्म सहभागिताका लागि आवदेन गर्न सकिने प्रतिष्ठान अध्यक्ष पाठकले बताए ।

‘विश्वका कथाहरूको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको पनि पाठकले बताए । ‘बेस्ट पान्डेमिक फिल्म’ नाम दिइएको यो विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने अध्यक्ष पाठकले जानकारी गराए । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्ट र डकुमेन्ट्री फिल्मले १५ अमेरिकी डलर र फिचर फिल्मले २० डलर आवेदन शुल्क तिर्नुपर्ने पनि उनले बताए । यसैगरी, महामारीको विषयमा बनेका फिल्मले १० डलर तिरेर सहभागिता जनाउन सक्ने पनि उनको कथन छ । तर, नेपाली प्रतिस्पर्धाअन्तर्गत आवेदन दिन भने कुनै शुल्क नलाग्ने पाठकले बताए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा बाँडेर प्रदान गरिने अवार्डमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड अवार्ड प्रदान गरिनेछ । यो फिल्मले इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजको जुरीको तर्फबाट आईएफएफएस डन क्विजोट अवार्ड प्राप्त गर्नेछ ।यस्तै अन्तर्राष्ट्रिय विधातर्फ सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख रुपैयाँ, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रुपैयाँ र सर्ट फिल्ममध्ये उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिने पनि पाठकले बताए ।

फिचर फिल्म विधातर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । फेस्टिभलमा सहभागिताका लागि फिल्मकर्मीहरूले फिल्म फेयरवेमार्फत फिल्म पठाउन पनि आयोजक पक्षले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News