काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादको छलफलमा व्यस्त भएका बेला शीतल निवास पुगेका हुन्। प्रधानमन्त्रीले पार्टी भित्रको आन्तरिक

तनाव र पछिल्लो घटनाक्रमको विषयमा पछिल्ला दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्दै आएका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ६ जना सचिवालय सदस्यको छलफल खुमलटारमा चल्दै गर्दा प्रधानमन्त्रीले बालुवाटार र शीतल निवासको भेटलाई निरन्तरता दिएका हुन्।
साँझ मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा निम्ता
प्रधानमन्त्री ओलीले शनिबार साँझ ७ बजे मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएका छन्। एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले बोलाउनुको कारण नखुलाए पनि छलफलका लागि बोलाएको जानकारी दिए।

भारतीय मिडियाको आरोप : केपी ओली भारतविरुद्ध चीन र पाकिस्तानको सम्पर्कमा छन्
नयाँदिल्ली : प्रधानमन्त्री केपी ओली र उनी नेतृत्वको सरकारबारे पछिल्लो समय भारतीय मिडियामा विभिन्न किसिमका समाचार सम्प्रेषण हुन थालेका छन् ।खासगरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेसँगै विभिन्न टिप्पणी आउन थालेका हुन् । नेपालको राजनीतिलाई चीन र पाकिस्तानसँग समेत जोडेर समाचार आउन थालेका छन् । यस्तैमा भारतको प्रतिष्ठित सञ्चारमाध्यम ‘इकोनोमिक टाइम्स’ले हालै प्रधानमन्त्री केपी ओलीमाथि एक आरोप सहित विशेष रिपोर्ट तयार पारेको छ ।

जहाँ ओलीले सत्ता टिकाउन कम्युनिस्ट पार्टी फुटाउन खोजेको दावी गरिएको छ । साथै उनी चीन र पाकिस्तानसँग पनि सम्पर्कमा रेको रिपोर्टमा उल्लेख छ । नेपाल सरकारको पछिल्ला निर्णयमा चिनियाँ दूतावासको पनि हात रहेको उक्त रिपोर्टमा दावी छ । यस्तै चीन र पाकिस्तान समेत ओली सरकारलाई बचाउन लागिपरेको रिपोर्टमा उल्लेख छ । ओलीले राजीनामाको दबाब आएपछि नै बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गर्न पुगेको रिपोर्टमा छ । र उनले पार्टी फुटाउने अध्यादेश ल्याउँदै गरेको बताइएको छ । रिपोर्टका अनुसार प्रधानमन्त्री ओलीले भारत विरोधी फैसलाका लागि पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग सम्पर्क गरेका थिए । रिपोर्टमा उल्लेख छ, ‘हालका दिनमा ओलीले जे फैसला लिएका छन्, त्यसमा काठमाडौँस्थित चिनियाँ दूतावासको पनि हात रहेको छ ।’

ओलीलाई पार्टीभित्र स्थायी कमिटीका नेताहरुले राजीनामा मागेको जसले गर्दा उनलाई दबाब बढेको पनि रिपोर्टमा उल्लेख छ । ओलीले अघिल्लो साता मात्रै नेपालको भूमि फिर्ता ल्याएकाले भारतले आफूलाई पदबाट हटाउन खोजेको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News