काठमाडौं । २०७५ माघमा संयुक्त अरब इमिरेट यूएईमा समातिएका साढे ३३ किलो सुन प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ । आवश्यक कानूनी प्रक्रिया पूरा गरी यूएईमा समातिएका हरिशरण खड्कालाई शनिबार नेपाल ल्याइएको हो । ३३ किलो सुन प्रकरणमा खड्कासहित

१२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मार्फत रेड कर्नर नोटिस जारी भएको थियो । काठमाडौं ल्याइएका खड्कालाई गौशाला प्रहरीको जिम्मा लगाइएको बताइएको छ ।

२०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि खड्का मुछिएका थिए । अनुसन्धानकर्ताहरुका अनुसार उनले नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर दुबईबाट सुन पठाउने काम गर्दै आएका थिए ।

उच्च स्तरीय सुन अनुसन्धान समितिका अनुसार पछिल्ला वर्षहरुमा उनले मोरङ, उर्लाबारीका चुडामणि उप्रेती उर्फ ‘गोरेमार्फत सुन नेपाल भित्र्याउँदै आएका थिए ।

काभ्रे घर भएका खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । खड्कालाई नेपाल ल्याइएसंगै सामसुम भइसकेको झै बनेको साढे ३३ किलो सुन प्रकरण पुनः चर्चामा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News