
दीपाश्री निरौलाले एउटा टेलिभिजन अन्तर्वार्तामा राजेश हमालको महानायक पदवीलाई लिएर प्रश्न गरिन्। फिल्म क्षेत्रमा राजेशको गतिलो योगदान भए पनि महानायकै भनिहाल्न नमिल्ने उनको तर्क थियो। तर, राजेशका फ्यानलाई दीपाश्रीको तर्क फिटिक्कै मन परेन। सिंगो सामाजिक सञ्जाल
उनीविरुद्ध खनियो। राजेशका पक्षमा भए÷नभएका आँकडा प्रस्तुत भए। दीपाले माफी पनि मागिन्। यो प्रकरण सेलाउन लागेकै थियो, तर राजेश आफूलाई महानायक भनिनुपर्ने तर्क गर्दै एउटा अनलाइनमा झुलुक्क देखिए। उनको अभिव्यक्तिले आगोमा घिउको काम ग¥यो। सामान्य गालीगलौजमा रमाइरहेका उनका फ्यान दीपाको चरित्रहत्यामा उत्रिए। उनीमाथिको बुलिइङ रोकिएन। अति गर्न थालेपछि दीपामाथिको आक्रमणलाई लिएर राजेश चुइँक्क नबोलेको देखेपछि अहिले धेरैले उनको नियतमाथि नै प्रश्न गर्न थालेका छन्– ‘राजेश हमाल साँच्चिकै महानायक हुन् भने दीपामाथि भइरहेको आक्रमण रोक्न आह्वान गर्नुपर्दैन ?’ तर, उनी अहिलेसम्म चुपै लागेर बसेका छन्। कतै उनको यो मौनता उनैलाई बुमराङ नहोस् !
केकीको ‘वुमन कार्ड’
केकी अधिकारी पनि उद्योगमा चलिरहेका विवादमा मौन थिइन्। जे विषयमा पनि बोलिहाल्ने बानी परेकी उनी कसरी चुप लागेर बसेकी होलिन्, धेरै अचम्ममा थिए। अन्ततः उनले पनि आफूलाई रोक्न सकिनन्। दुई दिनअघि आमालाई समेत जोडेर एउटा भावुक स्ट्याटस लेखिन्, जहाँ महिलाले माफी मागे पनि माफी नपाउने दुखेसो थियो।
तर, केकीको यो स्ट्याटस उनैलाई ब्याकफायर भएको छ। स्ट्याटसमा टिप्पणी गर्ने लगभग सबैले उनले ‘वुमन कार्ड’ वा ‘भिक्टिम कार्ड’ प्रयोग गरेको भन्दै कडा प्रतिक्रिया दिएका छन्। उनले वर्षा राउत, पूजा शर्मा र दीपाश्री निरौलालाई महिला भएकै कारण धेरै खेदिएको आशय व्यक्त गरेकी थिइन्।
तर, केकी स्ट्याटसमा प्रतिक्रिया जनाउनेले उनीहरूले गलत बोलेका कारण गाली खानुपरेको र यसमा पुरुष÷महिलाको सवालै नभएको प्रतिक्रिया दिएका छन्। भनेपछि उनको ‘वुमन कार्ड’ यो पटक पूर्णतया मिस फायर भएको छ। माथि नाम लिएका मानिसले नै गल्ती भएको स्वीकार गरेर माफी मागेपछि उनीहरूलाई केकीले के खान चोख्याउनु ?