वि.सं. २०७७ साउन ९। शुक्रवार। इ.स. २०२० जुलाई २४। ने.सं. ११४० गुँलाथ्व। श्रावण शुक्लपक्ष। चतुर्थी, १६:२६ उप्रान्त पञ्चमी। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:४७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ

०६:५७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०७:०३ बजे,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जन क्रियाकलापमा सहभागीता भइएला । नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज ठीक समयमा सही निर्णय लिन सकिएला । पारिवारिक मायाँ र सद्भाव बढ्नेछ । राजनैतिक र परोपकारमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बोलीले रुलाई प्रभावित पारेर काम बन्नसक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दुरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । वैदेशिक क्षेत्र कमजोर नै हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । स्मरणशक्ती कमजोर रहनाले समस्या आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ । छोटो र लाभदायक यात्रा तय गर्न सकिनेछ । आर्थिक पक्ष राम्रै भएपनि खानपानमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक प्रतिष्ठा कमाउने बेलाछ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मानपरेका परिकार खान पाईएला । बोलीको प्रभावपनि बढ्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News